|

विराटनगर: कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्व बिहीबार सकिएको छ। सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यस पर्वमा पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

पर्वको मुख्य दिन साँझमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती, ढकिया, फलफूललगायत सामग्री जलाशयमा गई उदाउँदो सूर्यलाई चढाइन्छ। प्रसादको रुपमा भुसुवा, ठकुवा, खाजा, उखु, हल्दी, अदुवासहित विविध प्रकारका मिठाई तथा फलफूल सूर्यलाई अर्घ चढाइन्छ।

तराईका विभिन्न जिल्ला र राजधानी काठमाडौँलगायतका स्थानमा धुमधामका साथ मनाइने यो पर्व पूर्वी तराईका जिल्लामा पनि भव्य रूपले मनाइयो। मोरङको विराटनगरस्थित सिंघिया खोलामा छठ मनाउनेको घुइँचो निकै ठूलो देखिन्थ्यो। 

हेर्नुहोस् फोटामा: 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.