|

विराटनगरः मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय सञ्चालनमा आएको छ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम आयोजना गरी मोरङका ६ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकोे हो। 

कार्यालयको उद्घाटन जिल्ला अदालतका मुख्य न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले गरे। निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले कार्तिक १६ गते उम्मेदवारी दर्ता गर्नेछन्।

क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलका अनुसार मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर– ६ को कार्यालय विराटनगरको वीरेन्द्र सभागृहमा स्थापना गरिएको छ। क्षेत्र नम्बर– १ को जनता आवास परियोजना, क्षेत्र नम्बर– २ को शैक्षिक तालिम केन्द्र, क्षेत्र नम्बर– ३ को डिभिजन सडक कार्यालय, क्षेत्र नम्बर– ४ को जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय र क्षेत्र नम्बर– ५ को क्षेत्रीय हुलाक निर्देशनालयमा कार्यालय स्थापना गरिएको छ।

निर्वाचन आयोगले यसअघि नै मुख्य निर्वाचन अधिकृत र  निर्वाचन अधिकृतहरू तोकिसकेको छ। दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामै बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.