भक्तपुर : विशेषगरी तराई–मधेशमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौं उपत्यकामा पनि लोकप्रिय बन्दै गइरहेको छ। मधेशी समुदायको बाहुल्य बढेसँगै काठमाडौंमा बर्सेनि छठको रौनक बढ्न थालेको हो।
भक्तपुरमा यो वर्ष पनि विभिन्न नदी तथा पोखरीमा छठको रौनक देखियो। मनोहरा नदी र कमलपोखरी, हनुमानघाट र गोदावरीलगायत स्थानमा छठ मनाउनेको घुइँचो लाग्यो।
भक्तपुरमा रहेका मधेशी समुदायका श्रद्धालुले कार्तिक शुक्ल चतुर्थीमा विधिपूर्वक व्रत सुरु गरे। षष्ठीका दिन निराहार व्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समाप्त गरे। उनीहरूलाई पहाडी मूलका केही श्रद्धालुले साथ दिएका थिए।
फोटोमा हेर्नुहोस् , भक्तपुरस्थित कमलपोखरीमा मनाइएको छठका केही दृश्य–
तपाईंको ईमेल गोप्य राखिनेछ ।