|

लहान : सिरहाको लहान नगरपालिका १ शहीद चोकस्थित कृष्णा मनि ट्रान्सफरमा शुक्रबार बिहान २० लाख रुपैयाँ चोरी भएको छ। इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटरको दूरीमा रहेको उक्त मनि ट्रान्सफरमा छ लाख रुपैयाँ नगदसहित एक थान ल्यापटप, स्क्यानर र १२ लाख ५० हजार रुपैयाँ बराबरको नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड चोरी भएको सञ्चालक रामअशिष महतोले जानकारी दिए।

सञ्चालक महतोका अनुसार लहानको मुख्य चोकमा रहेको उक्त मनि ट्रान्सफरको पछिल्तिरको झ्यालको रड काटेर बिहान ४ बजेतिर चोरी भएको सीसी क्यामेरामा देखिएको छ। मनि ट्रान्सफरमा चोरी भएको समयमा सीसी क्यामेरामा चोरले मुख छोपेको देखिएको सञ्चालक महतोले बताए। त्यसपछि चोरले सीसी कयामेराको सबै तार काटिदिएको भेटिएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए। लहानको मुख्य चोक मात्र होइन, २४ घण्टा प्रहरीको ड्युटी हुने चोकमा रहेको मनि ट्रान्सफरमा बिहानीपख चोरी भएपछि सर्वसाधारण डराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.