|

बैतडी : मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सुरक्षालाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन थालेको छ। प्रशासनले जिल्लाका सुरक्षा निकाय र सरकारी कार्यालयसँग छलफल गरी  निर्वाचनको तयारीमा जुट्न निर्देशन गरेको छ।

प्रशासन कार्यालयले जिल्लामा सर्वसाधारणले इजाजत लिई राखेका हातहतियार संकलन गर्न प्रहरीलाई निर्देशन दिएको छ। चुनावको सुरक्षालाई मध्यनजर गरेर हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार कात्तिक १५ गतेभित्र बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

आफूसंग रहेका इजाजत प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए। ‘सार्वजनिक सूचना आह्वान गरेर हतियार बुझाउन आग्रह गरेका छौं तर अटेर गर्नेलाई कारवाही हुन्छ’  उनले भने।

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाइने

यस्तै बैतडीका सरकारी कार्यालय प्रमुखहरुको बैठकले निर्वाचनको समयमा कुनै पनि कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने निर्णय गरेको छ। कर्मचारीको अभावमा निर्वाचनमा बाधा व्यवधान नहोस् भन्ने उद्देश्यले कर्मचारीहरुलाई निर्वाचनको अवधीमा विदा नदिने प्रशासनको रणनीति छ।

निर्वाचनसंग सम्बन्धित विवरण र श्रोत साधनको माग भएमा यथाशीघ्र उपलब्ध गराउने, सवारी साधनहरु दुरुस्त राख्नुपर्ने, एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने, बिदाको दिनमा सरकारी सवारी साधन सञ्चालन गर्नुपरे प्रशासन कार्यालयको अनुमति लिनुपर्ने समेत बैठकले निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.