|

काठमाडौं : नेपाली कांग्रेस संसदीय समितिले पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अन्तत झापा निर्वाचन क्षेत्र ३ वाटै उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले यसअघि निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा सिटौलाको नाम एक नम्बरमा राखेर बुझाएको थियो।

पार्टी सभापति शेरबहादुर देउवाले सल्लाह नै नगरी आफ्नो नाम समाुनपातिकतर्फको बन्दसूचीमा राखेको भन्दै सिटौलाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए। कांग्रेस संसदीय समितिका सदस्य वालकृष्ण खाँडले चुनावी तालमेल गर्ने भनिएको राप्रपाले मागेको धेरै क्षेत्रमा छाड्न नसकिने भन्दै झापा ३ मा पूर्वमहामन्त्री सिटौला नै उम्मेदवार हुने टुंगो लागेको बताए।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले कांग्रेसले राप्रपालाई झापा ३ सहित सात निर्वाचन क्षेत्रमा समर्थन जनाउने सहमति भएको बताएका थिए। तर कांग्रेस नेता खाँडले राप्रपाले ७ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ र २५ वटा प्रदेश सभामा समर्थन मागेको भए पनि कांग्रेसले निर्णय गरिनसकेको बताए।

उनले भने 'राप्रपाले हामीसँग मागेको ठाउँमा दिन सकिने स्थिति आएन, उहाँहरुले हाम्रो समर्थन मागेका ठाउँमा हामी नैं राप्रपा भन्दा बलियो रहेछौं।' राप्रपा नेता तामाडका अनुसार राप्रपाले मकवानपुर १ मा अध्यक्ष कमल थापा, झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्देन, पर्सा १  मा उपाध्यक्ष राजिव पराजुली, दैलेख १ कुन्तीकुमारी शाही, काठमाडौं ७ बिक्रमबहादुर थापा, बाँकेको एक क्षेत्र र अन्य कुनै गरी सात क्षेत्रमा राप्रपालाई कांग्रेसले समर्थन गर्ने सहमति बनिसकेको छ।

कांग्रेसले यसअघि राप्रपालाई म्याग्दी, बैतडी र धादिङ क्षेत्र नम्बर २ को प्रदेश ख तर्फका उम्मेदवारलाई समर्थन गरिसकेको छ। राप्रपाले मागेको मकवानपुर १ मा कांग्रेसले कमल थापाको भन्दा कांग्रेसकै इन्द्र बानियाँलाई उम्मेदवार बनाए उपयुक्त हुने सुझाव आएको कांग्रेस नेताहरुले बताएका छन्। 

कांग्रेसले दुई नम्बर प्रदेशमा समेत राजपा र संघीय समाजवादी फोरमसँगको तालमेल टुंगोमा पुर्‍याएको छैन्। दुई नम्बर प्रदेशको ३२ निर्वाचन क्षेत्रमा ती दलले कांग्रेसलाई ८ सिट मात्र दिने भनेपछि सहमति हुन सकेको थिएन। राजपा र समाजवादी फोरमले आफूहरुले २० सिट लिएर कांग्रेसलाई १२ सिटमा समर्थन गर्न सकिने विकल्प समेत खुल्ला गरेका छन्। तर कांग्रेसले ती दलको यस्तो प्रस्तावलाई अश्विकार गरेको छ। 

पाँच नेताको निर्वाचन क्षेत्र टुंगियो

नेपाली कांग्रेसले प्रतिनिधि सभाको लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फको ५ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेस संसदीय समितिको शुक्रबार बसेको बैठकले केन्द्रीय सदस्यहरु बीरबहादुर बलायरलाई डोटी, हृदयराम थानीलाई सुर्खेत क्षेत्र नम्बर २, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत डा. गोबिन्दप्रसाद पोखरेललाई प्युठान र राजेन्द्रबहादुर साहलाई सल्यानबाट उम्मेदवार बनाउने निर्णय गरेको छ। 

संसदीय वोर्डका सदस्य तथा निर्वाचन प्रचार समिति संयोजक बालकृष्ण खाँडले शनिबार २ बजेपछि बस्नेत वोर्ड बैठकले अन्य बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नामावली टुंग्याउने बताए। कांग्रेसले बिहीबार मात्र २२ उम्मेदवारको नाम टुंगो लगाएको थियो।

पहिलो चरण अन्तरगत भएको ३७ निर्वाचन क्षेत्रमध्ये ३५ क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुले मनोनयन दर्ता गराइसकेका छन्। मुलुकभर प्रतिनिधिसभातर्फ जम्मा एक सय ६५ वटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशतर्फ तीन सय ३० क्षेत्र रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.