|

काठमाडौं : वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पुर्‍याएका छन्। दुई दलका नेता सम्मिलित सिट बाँडफाँटका लागि गठित कार्यदलले केही स्थानको टुंगो लगाउने जिम्मा पार्टी एकता संयोजन समितिलाई छाड्दै प्रतिनिधिसभातर्फका १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको छ।

कार्यदलको प्रतिवेदनका आधारमा अब एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्मिलित पार्टी एकता संयोजन समितिले टुंगो लगाउने भएको छ। कार्यदलले हल गर्न नसकेको चितवन दुई, दाङ दुई, सल्यान, अर्घाखाँची, कञ्चनपुरलगायत स्थानको सिट बाँडफाँटको जिम्मा पार्टी एकता संयोजन समितिलाई नै छाडेको हो। दाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले दाबी गरेका छन्। पछिल्लो पटक पोखरेल दाङ दुई छाडेर पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि बढ्न सकारात्मक देखिएपछि लभगभ दाङको विवाद हल हुने स्थितिमा पुगेको छ।

चितवन–२ मा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले दाबी गरेका छन्। तर एमालेले थापालाई समानुपातिकबाट उठ्न प्रस्ताव गर्दै उक्त क्षेत्र दाबी गरेको छ। उक्त क्षेत्रको विवाद हल अब शीर्ष नेताबाट हुने भएको छ। सल्यानमा एमाले र माओवादी केन्द्रका दुईदुई जना नेताको व्यवस्थापन गर्न गाह्रो परेपछि विवाद सल्टिन सकेको छैन। एमालेबाट वरिष्ठ नेता माधव नेपाल पक्षधर प्रकाश ज्वाला र ओली पक्षधर जिल्ला इन्चार्ज गुलाबजंग शाहलाई व्यवस्थापन गर्न नसक्टा अन्तिम टुंगो लाग्न बाँकी छ।

वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट

शीर्ष नेता को कहाँ ?

एमाले

केपी ओली, झापा–५

माधव नेपाल, काठमाडौं–२

झलनाथ खनाल, इलाम–१

वामदेव गौतम, बर्दिया–१

ईश्वर पोखरेल, काठमाडौं–५

सुवास नेम्वाङ, इलाम–२

भीम रावल, अछाम

विष्णु पौडेल, रूपन्देही–२

प्रदीप ज्ञवाली, गुल्मी–१

गोकर्ण विष्ट, गुल्मी–२

 

माओवादी केन्द्र

पुष्पकमल दाहाल, चितवन–३

नारायणकाजी श्रेष्ठ, गोरखा–२

कृष्णबहादुर महरा, दाङ–२

टोपबहादुर रायमाझी, अर्घाखाची

वर्षमान पुन, रोल्पा

पम्फा भुसाल, ललितपुर–३

जनार्दन शर्मा, पश्चिम रुकुम

शक्ति बस्नेत, जाजरकोट

मातृका यादव, धनुषा–२

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.