|

काठमाडौं : पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीनजिकै  बांगेमोडढबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य कैयन बेपत्ता छन्। १५ जना घाइतेको उद्धार गरिएको छ। बसमा कति यात्रु थिए भन्ने नखुल्न बेपत्ता हुनेहरुको संख्या यकिन हुन सकेको छैन।

दुर्घटनामा मृत्यु भएका १० जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियो। त्यसमध्ये १ बालकसमेत छन्। मृतकहरुको शनाखत हुन बाँकी छ।

सप्तरीको राजबिराजबाट ना६ख १४६६ नम्बरको बसले हेटौंडासम्म ल्याएका यात्रुलाई त्यहाँबाट काठमाडौंतर्फ ल्याउँदै गरेको ना६ख १४६७ नम्बरको बस बिहान करिब ६ बजे त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। प्रहरी निरीक्षक राउतका अनुसार दुर्घटनामा परेको बस काठमाडौंबाट हेटौंटा पुगी त्यहाँसम्म अर्को बसले ल्याएका यात्रु बोकेर फर्किएको थियो।

उद्धार गरिएकामध्ये गम्भीर घाइते २ जनालाई काठमाडौं ल्याइएको छ। बाँकी १३ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ। बस नदीमा देखिएको छैन। खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.