|

लहान : सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गर्दा शनिबार बिहान करिब साढे ५ बजेतिर दुर्घटनामा परेको बसमा सिरहा  र सप्तरीका नौ जना परेका छन्।

लहानको सागर काउण्टरबाट टिकट काटेर चढेका एक भारतीयसहित सात जनामध्ये चार जनाको नाम खुलेको भए पनि तीन जनाको नाम खुलेको छैन। शनिबार विहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोडमा ना. ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खसेको थियो।

सिरहाबाट दुर्घटनामा परेको बसमा चढेका यात्रुहरुको अवस्थाको विषयमा सोधखोज गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए।

सप्तरीको जिल्ला सदरमुकाम राजविराजबाट काठमाडौंका लागि छुटेको सन्तोष ट्राभल्सको उक्त बस शनिबार बिहान साढे ५ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमोडबाट त्रिशली नदीमा खसेको थियो। सडकबाट करिब १५ फिट मुनि त्रिशुली नदीमा खसेको बसमा यात्रा गरिरहेकामध्ये बिहान साढे १० बजेसम्म तीन बालबालिका र पाँच महिलासहित १६ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृत्यु भएकाहरुमा करिब चार वर्षका एक र १३ वर्षका दुई जना बालक, पाँच महिला र आठ जना पुरुष रहेको धादिङ् प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बस फेला पर्न नसके पनि १६ जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.