|

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देन दुवै आकांक्षी भएको झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फको निर्वाचन रोचक र प्रतिष्पर्धी देखिएको छ। 

दुई गाउँपालिकाको सबै र दुई नगरपालिकाको केही वडा समेटिएको यस निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत भने एमालेले ल्याएको थियो। झापा क्षेत्र नम्बर तीनमा सात वड रहेको कचनकवल र ५ वडा रहेको हल्दीवारी गाउँपालिका प्रमुखमा राप्रपाले अध्यक्ष जितेको थियो।

७ वडा रहेको बाह्रदसी गाउँपालिकामा कांग्रेसले जितेको थियो। भद्रपुर र बिर्तामोड नगारपालिकामा भने एमालेले जितेको थियो। भद्रपुर नगरपालिकाको १० मध्ये आठ वटा वडा र बिर्तामोडको एउटा वडा तीन नम्बर क्षेत्रमा पर्छ।

२८ वटा वडा रहेको तीन नम्बर क्षेत्रमा एमालेले स्थानीय तहमा १४, कांग्रेसले ७, राप्रपाले ४ र माओवादी केन्द्रले ३ वटा वडामा विय हासिल गरेको थियो। यो क्षेत्रमा गत स्थानीय तहमा एमालेका वडा अध्यक्षहरुले प्राप्त गरेको मत जोड्दा सबैभन्दा बढी देखिन्छ। यो क्षेत्रमा एमालेले गत स्थानीय तहमा २० हजार दुई सय ९६ मत पाएको थियो।

कांग्रेसले यो क्षेत्रबाट १८ हजार दुई सय ६० मत, राप्रपाले १२ हजार आठ सय ८१ मत र माओवादी केन्द्रले १० हजार चार सय ४४ मत पाएको थियो। फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले भने क्रमश एक हजार ४७ र नौ सय ४८ मत पाएको थियो। फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ।

कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १९ हजार तीन सय सात मत देखिन्छ। कांग्रेस र राप्रपाबीच तालमेल हुँदा दुवैको मत ३२ हजार एक सय ८८ पुग्छ।  एमाले र माओवादी केन्द्रको मत जोड्ने हो भने ३० हजार ७ सय ४० मत हुन आउँछ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवारले जितेको सो क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला विजयी भएका थिए। 

आगामी निर्वाचनमा आफूले उम्मेदवार बनेर चुनाव जित्ने दाबी कांग्रेस पूर्वमहामन्त्री सिटौलाले गरिरहेको बेला लोकतान्त्रिक गठबन्धन गर्न सहमत राप्रपाले पार्टी महामन्त्री राजेन्द्र लिङ्देन नै उम्मेदवार बन्नुपर्ने अडान राखिरहेको छ। सिटौला र लिङ्देन दुवै प्रतिस्पर्धामा उत्रिए भने एमाले माओवादी गठबन्धनका उम्मेदवार बलियो बन्नेछन्। 

सिटौलाको सम्भावना र चुनाौती 

एमाले माओवादी गठबन्धनबाट बन्ने उम्मेदवारसँग टक्कर लिन कांग्रेस पूर्वमहामन्त्री सिटौलाले राप्रपा वा वाम गठबन्धन दल समर्थित मत तान्न सक्नुपर्छ। माओवादी वा एमालेको करिव चार हजार मत र राप्रपा वा संघीय समाजवादीको केही मत आफ्नो पक्षमा पार्न सक्नुपर्छ।

संघीय समाजवादी फोरमले समर्थन गरे पनि सिटौलालाई चुनाव जित्न सहज छैन्। माओवादीको तुलनामा एमालेको मत दोब्बर भएकोले यस क्षेत्रबाट माओवादीले प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएमा एमालेका असन्तुष्ट मत तान्ने पक्षमा सिटौला लागेका छन्।

राप्रपासँग तालमेल गर्दा सिटौलालाई चुनाव जित्न केही सहज हुने देखिए पनि एक्लै प्रतिस्पर्धामा उत्रदा भने धेरै मिहनेत गर्नुपर्ने देखिन्छ।  राजनीतिक दलमा छोड्ने र प्रवेश गर्ने क्रम यो क्षेत्रमा चलिरहेको छ। गत स्थानीय तहमा हल्दिवारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएका तुलसीप्रसाद ओली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

ओलीसँगै माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि सिटौलाले केही राहत महसुस गरेका छन्। झापाको सबैभन्दा पछि परेको यस क्षेत्रको विकासको गति केही बढेको छ। यसको श्रेय कांग्रेस पूर्वमहामन्त्री सिटौला र राप्रपा महामन्त्री लिङ्देन दुवैले लिँदै आएका छन्।

तराई/मधेसको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्ग २०७० को संविधानसभा निर्वाचन पछि निर्माण भएको जस कांग्रेस पूर्वमहामन्त्री सिटौलाले लिने गरेका छन्। तर राप्रपा महामन्त्री लिङदेन राप्रपा सरकारमा हुँदा स्थानीय विकास मन्त्रालयको जिम्मेवारीमा रहेका बेला यो सडक निर्माणमा प्रमुख भूमिका निर्वाह गरेको दाबी गर्छन्।

हुलाकी राजमार्ग २०६७ सालमा भारत सरकारलाई निमार्णको जिम्मा दिएसँगै काम अघि बढेका थिएन। तर गतबर्ष पूर्व पश्चिम लोकमार्गको चारआलीदेखि झापा सदरमुकाम भद्रपुर हुँदै ऐतिहासिकस्थल केचनासम्म हुलाकी बाटोको निर्माण हाल हाल द्रुत गतिमा भइरहेको छ। हुलाकी राजमार्ग अन्तरगत नैं भद्रपुर – राजगढ  सडक निर्माण भइरहेको छ।

संसदीय निर्वाचनमा सबैभन्दा वढी प्रतिस्पर्धा गरेका सिटौलाले २०४८ को आमनिर्वाचन, २०५० को (तत्कालिन झापा १) उपनिर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०७० को संविधानसभाको दोश्रो निर्वाचनमा सिटौला झापाको पूर्व दक्षिण भाग (हाल क्षेत्र नम्वर ३) बाट निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका छन्।

सिटौलाले यसै क्षेत्रबाट २०५०, २०५६, २०७० को निर्वाचनमा जित हासिल गरेका थिए। पूर्वउपप्रधानमन्त्री सिटौलाको गृहनगर भद्रपुर नै हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • चुनावको वर्तमान ताल रमेल ओखर रपांग्रोफिट गरेर गतिवान् राजनितिको रथ टलाउन खोजेको हो! यी राडनितिका थोक व्यपारी र खुद्राव्यपरीहरूले वाम गठवंन्धन वा प्रजातान्त्रिक कठवन्धन जेनाम दिय पनि यत्रोवर्ष संम राज्यसत्ता चलाउदा नपलायको सद्बवुद्धी कसरी ुसायो प्रतेक दलभित्र गुट उपगुट त छदैछ !अर्थात ओखर एकछरी छन् भने पांग्रो अर्को थरीको यथास्ति छ दै छ ! योसंन्धर्भमा योमेसमिलाप भनेको मूसो र विरालो जालभित्र परेर गरेको मेलमिलाप सवै पार्टी भीत्र छ ! सॉच्चै मेसमिलाप त यतिका वर्ष संमको चोरीखाने ढाटीखाने 'म'पाई पनत देसलाई भाग वंन्डामा डूवाउने पाप वाट मोचन हुन दिल्लीको वर्तमानकालतको यमुना नदीमा गयर पाप पखालेर प्रायश्चित्त गरेर लिदेषिले तैयारगरेको दयस्तालेडमा बाहुलिनिशान दियर आयका महापुरूष हरू योदेश र यसका वासिन्दा प्रति अराजकता फैलायर मिलिमतो,आलेपालेा र्रधान मंन्त्रि वन्न तैयार हुने र वन्न् महापुरूषहरू आफै देशमा अस्थिरताको राजनिति गरी भूडि भर्ने,अनि राजनैतिक अस्थिरताभयो भन्ने र कामनकाजसंग मंन्त्रि वनि सुविधा लिन लाजपचाउन सक्ने मओवादी तेसतोपार्टीकोजोडी रभूईफूट्टाहरूको ओखर पाग्रेहरूको गढवन्धन र महान प्रजातान्रतिक समाजवादिहरूको ओखरपांग्रे गठवन्धन यी दुईटाल् एउटै शक्तिको निर्देशनमा यो ध्रुविकरण गरेको संभवहुनसक्छ र नेपालका राजनैतिक हलीहरू फेरी अस्थिर राडनितितरफ् लानलाई यो तथाकथित ध्रुविकररणको जनता झुक्याउने जाल स्वदेशि देखिने यीमहान नेताहरूकेा जमर्को होईन भन्ने तर्फ पनि विचार गर्ने हो कु?