|
फोटो : www.pabilnews.com

काठमाडौं : धादिङको गजुरी नजिकैबाट शनिबार बिहान त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृत्यु हुनेमध्ये १३ जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ। गजुरी गाउँपालिका ५ बाङ्गेमोडबाट त्रिशुलीमा खसेको बसबाट ३० जनाको शव निकालिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ध्रुवराज राउतले जानकारी दिए।

अधिकांश शव गोताखोरको सहयोगमा पानीमुनि रहेको बसबाट निकालिएको उनले बताए। सप्तरीको राजविराजबाट ना ६ ख १४६६ नम्बरको बसले हेटौंडासम्म ल्याएका यात्रुलाई दुर्घटनामा परेको ना ६ ख १४६७ नम्बरको बसले काठमाडौंतर्फ ल्याउँदै थियो। सो बस काठमाडौंबाट हेटौंडा पुगी त्यहींबाट काठमाडौंतर्फ फर्किएको पाइएको एसपी राउतले जानकारी दिए।

दुर्घटनामा परेकामध्ये प्रहरीले १६ जना घाइतेको उद्धार गरेको छ। बसमा कति सवार थिए भन्ने नखुलेका कारण कति घाइते भए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले अहिलेसम्म उद्दार कार्यलाई जारी राखेको छ। बसलाई अहिले नदीबाट निकाल्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ। घाइते १६ जना मध्ये १४ को स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई ट्रमा सेन्टर ल्याइएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेको नाम

सप्तरी तिलाठी–३ का ३५ वर्षीया सिमीकुमारी झा
सिरहा गोलबजारका ५० वर्षीय राजकपुर यादव
सिरहा नगरपालिका–८ गोलबजारका ५० वर्षीय रामकुमार यादव
सप्तरी देउरीमरुवा–१५ का सहचालक १८ वर्षीय नरेश मुखिया
सप्तरी बोधेवरसाइन– ३ का १५ वर्षीय चन्दरेखा प्रमाणी
सप्तरी राजविराज–१६ का ७४ वर्षीया चन्द्रवती झा
तिलाठी गाउँपालिका–१ का ३३ वर्षीय मन्जितकुमार झा
सप्तरी नेरेयाका २५ वर्षीय पार्वती चौधरी
सप्तरी बोधेवरसाइन– २ का ६ वर्षीय आदित्य यादव
सप्तरी तिलाठी–३ का ३८ वर्षीय सन्जितकुमार झा
सप्तरी नेरेयाका ३ वर्षीय सुशान चौधरी
सप्तरी नेरेया–३ का २४ वर्षीय रमानन्द यादव
भारतको मधुवनी जिल्ला विहारका २९ वर्षीया ममतादेवी ठाकुर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.