|

धनकुटा  : उद्योगमन्त्री सुनिलबहादुर थापाले प्रदेशसभा र प्रतिनिधिसभाका लागि प्रत्यक्ष समानुपातिकका लागि भिन्दाभिन्दै चारवटा मतपत्र हुनुपर्ने बताएका छन्। गृह जिल्ला धनकुटामा पार्टी कार्यकर्ता प्रशिक्षणका लागि शनिबार आइपुगेका राप्रपा प्रजातान्त्रिकका नेता समेत रहेका मन्त्री थापाले शनिबार जनतालाई मतदान गर्न सहज हुने भएकाले सर्वोच्चको आदेश सकारात्मक रहेको बताएका हुन्।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमै हुने दावी गर्दै मन्त्री थापाले कसैको स्वार्थ र बाहनामा चुनाव नसर्ने भएकाले तोकिएको समयमै चुनाव हुने विषयमा ढुक्क रहन सबैलाई आग्रह गरे

फरक प्रसंगमा मन्त्री थापाले आयात कम गरी निर्यात बनाउनका लागि कृषिमा आधारित उद्योगहरुलाई प्रोत्साहन गरिने बताएका छन्। ब्यापार घाटा बर्षेनी बढ्दै गएर मुलुकको अर्थतन्त्र कमजोर भएको प्रति चिन्ता ब्यक्त गर्दै मन्त्री थापाले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको विकासमा आफूले नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए।

नेपालमा निर्मित ढाका कपडा, अल्लो, गलैंचा जस्ता घरेलु उत्पादनको बिक्रीले ग्रामीण क्षेत्रको अर्थतन्त्रको विकासमा मद्धत पुग्ने भएकाले त्यस्ता उद्योगलाई सरकारले प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने उनको भनाइ छ।

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने विषयमा तपाईं पहल के छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री थापाले धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू प्रतिवद्ध रहेकोसमेत उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.