संखुवासभा : ट्रयाक्टर दुर्घटना हुँदा संखुवासभामा २ जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। आलु, प्याज र चामल बोकेर खाँदबारीबाट नुमतर्फ जाँदै गरेको को२त५५५६ नम्बरको ट्याक्टर शनिबार राति ८ बजेतिर चिचिला गाउँपालिका–१ मा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा चालक खाँदबारी नगरपालिका-१० का लक्ष्मण गुरुङ, सहचालक मकालु गाउँपालिका-२ का पासाङ शेर्पा र घाइते हुनेमा सोही स्थानका रामकुमार दर्जी रहेको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। ट्रयाक्टर सडकबाट २०० मिटर तल खसेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।