|

गौशाला(महोत्तरी) : भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले जानकारी दिए। 

गएराति साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडबाट जलेश्वरतिर आउँदै गरेको युवक महासेठको मोटरसाइकल चलेश्वर–२ स्थित कलभर्टको खाल्डोमा दुर्घटना भएको थियो। 

मोटरसाइकल दुर्घनामा परेर युवक महासेठ गम्भीर घाइते भएपछि प्रहरीले उनलाई स्थानीय बासिन्दाको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएकोमा उनको उपचारका क्रममा जिल्ला अस्पताल जलेश्वरमै मृत्यु भएको प्रहरी उपरीक्षक कठायतले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.