|

उदयपुर : उदयपुरका कृर्षक खाद्यान्नबाली भन्दा नगदेबालीको खेती गर्न आर्कषित भएका छन्। अन्य खाद्यान्न बालीको तुलनामा नगदे बालीबाट दोब्बर आम्दानी हुन थालेपछि कृर्षक आकर्षित भएका हुन्।

उदयपुरको भौगोलिक वनाट हवापानीअनुसार हुने अदुवा, अलैँची, दाल, बेसार, खुर्सानी लगायतका बाली लगाउने कृर्षक धेरै भेटिन्छन्। आर्थिक वर्ष ०६९÷०७० देखि चालु आर्थिक ०७४÷०७५ सम्म आइपुग्दा पतझड, दलहन, तेलहन, फलपूmल, मसालद र सुन्तला जातका नगदे बालीमा लगाउने कृर्षकको संख्या वृद्धि हुँदै गएको छ।

उदयपुरमा आव ०६९÷०७० मा तीनसय ७४ हेक्टरमा कृषकले नगदेबाली खेती गरेका थिए भने ०७३÷०७४ सम्म आइपुग्दा झण्डै दुइ हजार सातसय ४० हेक्टर जमिनमा नगदे बालिको खेती हुन थालेको छ।

 ‘मुख्य गरी ग्रामीण सडक सञ्जालले बजार क्षेत्रसम्म यातायात जोडिपछि नगदे बालीको खेती बढेको छ,’ कृषि बिकास कार्यालय उदयपुरका बालि विकास अधिकृत रामसेवक ठाकुरले भने, ‘उदयपुरमा सुन्ताला कृर्षकका लागि जोनसमेत छ भने, ‘कटारी नगरपालिका पर्ने हर्देन, मयाँखु, लेखानी, सिरिसे लगायतका क्षेत्रमा अदुवाको पकेट क्षेत्रको घोषित गरिएको छ।’

यसरी बढेको छ नगदेबालीको खेती

कृषि कार्यालयका अनुसार खुर्सानी, अदुवा, बेसार, लसुन, धनिया, प्याज, अलैँची, लगायतका बाली पर्दछन्। पतझड फलपूmलमा आव ०६९÷०७० मा ९१ हेक्टरमा रहेपनि हाल एक सय ४३ हेक्टर पुगेको छ। जसमा स्याउ, नास्पाति, आरु, आरुवखडा लगायतका बाली पर्दछन्। यसैगरी सदावार फलफुलमा एकहजार तीनबाट बढेर हाल एकहजार एकसय ३ सय ७ हेक्टर पुगेको छ। जसमा आँप, लिची, मेवा, भुईकटर, केरा, अम्वा, रुख कटहर र सुपारी पर्दछन्।

सुर्ती, जुट, उखु, तरकारीमा हिउँदे वर्षे तथा वेमौसमीमा जम्मा एकसय ८७हेक्टर खेती हुँदै आएको थियो हाल एकहजार ३२ पुगेको छ। यसरी सुन्तला जातमा आव ०६९÷०७० मा तीनसय २० थियो भने आव हाल आठ सय ९२ हेक्टर पुगेको छ। जसमा सुन्तला, जुनार, कागती, निवुवा, भोगटे र ज्यामीर पर्दछन्।

कार्यालयका अनुसार तेलहन बालीको खेती गर्ने कृर्षक आव ०६९÷०७० मा पाँच हजार एकसय ७८ थिए भने हाल छ हजार एकसय ८१ हेक्टर पुगेको छ। जसमा तोरी, आलस, तील, सरस्यौं, रायो रहेका छन् । दलहन बालीमा आव ०६९÷०७० मा दुईहजार तीनसय ३८ हेक्टरमा लगाइएको थियो भने, हाल वाली  दुईहजार तीनसय ९० पुगेको छ। जसमा मुसुरो, मास, भटमास, रहर, चना, गगत, खेसारी, बोडी केराउ जस्ता बाली पर्दछ।

यता, सुन्तलाको जोननै घोषणा भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाईले पाँच सय हेक्टर क्षेत्रफलमा व्यवसयीक सुन्तालाको जोन सुरु गरेको छ। जिल्लाको सोरुङ छबिसे, ओख्ले, रुपाटारमा सुन्ताला जोनको रुपमा खेती हुन थालेको छ। जोन प्रमुख बिरष्ठ कृषि बिकास अधिकृत दिपक अधिकारीका अनुसार १० वर्षका लागि छुट्टै सुन्तलाको जोन परियोजना सञ्चालन हुनेछ।

उदयपुरमा एकसय २३ हेक्टर जमिनमा १८ सय मेट्रिकटनभन्दा बढी अदुवा उत्पादन हुँदै आएको कृषि विकास कार्यालय उदयपुरको तथ्यांक छ। कृषि विकास कार्यालय उदयपुरका बालिबिकास अधिकृत ठाकुरले हर्देनी, मयाँखु, लेखानी, सिरिसे, सोरुङ छविसेलाई अदुवाको पकेट क्षेत्र बनाइएको बताए।

समयमा बिक्री नहुँदा समस्या

कृर्षकले लगाएको नगदेबाली समयमा नबिक्दा समस्या हुने गरेको छ। ‘खेतबारीमा खाद्यन्न बाली मकै, कोदो, धान मासेर अदुवा रोपेको छ,’ कटारी नगरपालिका ११ का कृर्षक रेवती राउतले भने, ‘अव दशैँ तिहार पछि आउने छट पर्व लगतै बिकेन भने समस्या हुन्छ।’

नगदेबालिमा दलहन, तेलहन बालि समयमै बिक्ने गरे पनि अदुवा, अलैँची लगायतका बालि समयमै नबिक्ने गरेको छ। सुनकोसी गाँउपालिका बाराका अलैँची कृषक रामकुशर कार्कीले गएको वर्षको पनि अलैँची गाँउमा नबिकेको गुनासो गरे।

‘हाम्रो पहाडी खेतमा धानभन्दा बढी अलैँचीनै फल्छ,’ उनले भने, ‘गाँउले सवैले लगाएका छन, गएको वर्ष पनि बिकेको छैन, यस वर्ष पनि तयार गरेर राखेका छौ, कुनै व्यापारी आएका छैनन। राष्ट्रिय कृर्षक समुह महासंघ उदयपुरका जिल्ला सचिव कुशल राउले नगदेवाली हुने क्षेत्रमा सरकारले प्रशोधन केन्द्र तथा भण्डारणको व्यवस्था गर्नुपर्ने बताए।

 ‘विशेष गरेर अदुवा, अलैँची, सुन्तोला लगायतको प्रशोधन केन्द्र तथा भण्डार केन्द्रको आवाश्यकता छ,’ उनले भने, ‘कृषकले नबिकेको वेला र उचित मुल्य नपाएको समयमा प्रशोधन केन्द्र तथा भण्डार घरमा राख्न पाउन।’

कृषि बिकास कार्यालयका अनुसार सुन्तोलाको जोन क्षेत्रमा छिट्टै भण्डार केन्द्र स्थापना हुने भने प्रशोधन केन्द्रको निर्माण पनि थालिएको छ। ‘केही समयभित्रै यहाँको सुन्तलाको प्रशोधन यही गर्ने तयारी पनि गरेका छौ,’ जोन प्रमुख बिरष्ठ कृषि बिकास अधिकृत दिपक अधिकारीले भने, ‘बजारसम्म ढुवानी गर्नको लागि सवारी साधनको खरिद प्रक्रिया समेत अघि बढाएका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.