|

दाङ : दाङमा आइतबार बिहान भएको ट्रक दुर्घटनामा परी चार जना घाइते भएका छन्। पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग१ख६२४८ नम्बरको ट्रक तुलसीपुर ७ पर्सेनीनजिकै रुखमा ठोकिएर नालामा पल्टिएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते हुनेमा चालक जिल्ला सर्लाही कालिन्चोक नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ३४ का सन्तोष खड्का, सोही ठाउँ बस्ने वर्ष १९ का सहचालक शंकर खड्का, ट्रकमा सवार जिल्ला तनहुँ खैरिटार नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ को सुरज बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनीहरुलाई हात र खुट्टामा चोट लागेको छ।

यस्तै, जिल्ला नवलपरासी अरुण खोला २ बस्ने वर्ष २० को मोहनलाल देबकोटाको दवै खुट्टा फ्याक्चर भएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ। प्रहरी निरीक्षक इन्द्र बहादुर साउदको नेतृत्वमा गएको २० जना प्रहरी टोलीले घटनास्थलबाट ट्रकमा च्यापिएका घाइतेहरुलाई जेसीबि लगाई उद्धार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.