|

काठमाडौं : कवि गोविन्दराज विनोदीले लेखेको महाकाव्य ‘कैकेयी’ सार्वजनिक भएको छ।

'कैकेयी' को शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा साहित्यकार एवं प्राध्यापक डा. चूडामणि बन्धु, साहित्यकार एवं प्राध्यापक राजेन्द्र सुवेदी, कवि एवं समालोचक प्रभा भट्टराई, साहित्यकार भुवनहरि सिग्देल, लेखक स्वयं र प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

महाकाव्यबारे बोल्दै समालोचक सुवेदीले भने, ‘रामायणमा उपेक्षित नारी पात्र ‘कैकेयी’लाई केन्द्रमा राखी श्रृजना गरिएको प्रस्तुत महाकाव्य कला भाव, बिम्ब–प्रतीक र महाकाव्यिक चेतनाको दृष्टिले उत्कृष्ट रहेको छ।’

प्राडा चूडामणि बन्धुले महाकाव्य समाकालिन समयमा पठनीय रहेको बताए। यसैगरी कवि तथा समालोचक प्रभा भट्टराईले नारीवादी दृष्टिकोणले प्रस्तुत कैकेयी महाकाव्य विशिष्ट रहेको बताइन्। उनले भनिन्, ‘रामायणको मिथकलाई आधुनिकतामा जोडिएको उत्कृष्ट महाकाव्य हो 'कैकेयी'।’

शिखा बुक्सले प्रकाशन गरेको 'कैकेयी'को मूल्य तीन सय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.