|

कालिकोट : १६ वर्षदेखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनमा आउने भएको छ। ०५८ देखि अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनको तयारी थालिएको हो।विमानस्थल सञ्चालनमा ल्याउनका लागि कालोपत्रेको काम सुरु भएको छ।

विमानस्थल कालोपत्रेका लागि १२ करोडको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण जिम्मा पाएको अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले बताए।

‘वर्षाका कारण र दसैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्र गतिमा निर्माणको काम भइरहेको छ।’ उनले भने, ‘अछामको मुख्य व्यापारिक केन्द्र मानिने साँफेबगर विमानस्थल सञ्चालनका लागि काम सुरु छ।’

लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुसी भएका स्थानीय सुर्जन नेपालीले बताए। ‘लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आएपछि व्यापारलगायत गतिविधि बढ्नेछ।’ उनले भने, ‘यहाँको पर्यटन प्रवद्र्धनका लागि विमानस्थल सञ्चालनमा आउनु आवश्यक रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.