|

दाङ : दाङको एक सामुदायिक वनमा  घाइते अवस्थामा भेटिएको अजिंगरलाई उपचारपछि बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको छ। दंगी शरण गाउँपालिका २ कोतिलकन्या सामुदायिक वनमा  घाइते अवस्थामा भेटिएको अजिंगरलाई जिल्ला वन कार्यालय दाङले उद्धार गरी  उपचारपछि शनिबार राष्ट्रिय निकुञ्जमा लगेर छोडेको हो।
घाइते अवस्थामा भेटिएको अजिंगरको लम्बाई ७.५ फिट र ९ इन्च मोटाइ भएको धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका फरेस्टर ध्रुव गौतमले जानकारी

दिए। शुक्रबार वन छेउमा अजिंगर भेटिएपछि गोल्टाकुरी प्रहरी चौकीमा राखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.