|

रुकुम : प्रतिनिधि र प्रदेश निर्वाचन सुरक्षाका लागि रुकुम पूर्व र रुकुम पश्चिममा  गरी ९ सय ७ जना म्यादी प्रहरी छनोटमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले सार्वजनिक गरेको नतिजाअनुसार पूर्वी रुकुमका लागि ३ सय १ र पश्चिम रुकुमका लागि ६ सय ६ जना म्यादी प्रहरी छनोटमा परेका हुन्।

छनोट भएमध्ये ६ सय ८१ पुरुष र २ सय २६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ। यस्तै, १ सय ८२ जना भने वैकल्पिक सूचीमा परेका छन्। छनोटमा पर्न सफल म्यादी प्रहरीको आइतबारदेखि नै तालिम सुरु हुने बताइएको छ। म्यादी प्रहरीका लागि पश्चिम रुकुमको जिल्ला प्रहरी कार्यालयमा २ हजार १ सय ५१ जनाले आवेदन दिएका थिए।

आवेदन दिएमध्ये ४ सय ८५ जना महिला रहेका थिए। तर, अन्तिम नतिजाअनुसार २ सय २६ जना महिला मात्र म्यादी प्रहरीमा छनोट भएका छन्। यसअघि, स्थानीय तहको निर्वाचनमा पूर्वी र पश्चिम रुकुमका लागि ७ सय ८५ जना म्यादी प्रहरीमा छनोट भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.