|

हामी जस्ता नागरिकको सपना हो। राजनीतिले सपनालाई सम्बोधन गर्दैन। तर पनि मनको कुरो लेख्नुपर्दो रहेछ। 

जस्तोः अमेरिकाले पूर्वको कोरियाली प्रायद्वीपमा तनाव बढाउनुको साटो, मध्यपूर्वमा हवाई आक्रमण गर्नुको साटो, दक्षिण अमेरिकामा कू गराउनुको साटो अथवा विश्वमा अमेरिकाको हैकम बढाउनुको साटो, आफ्नो देशका घरबारविहीन र मगन्तेहरूलाई सुविधा दिए अमेरिका साँच्चै स्वर्ग हुने थियो। संसारलाई सहयोग गर्नुको साटो आफ्नो मुलुकमा सबैलाई आवास, सबैलाई निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य गरिदिए संसारले अमेरिकाको गीत मात्र गाउने थियो। 

गफ जति गरे पनि अहिले पनि अमेरिकामा गोरा र कालाहरूका बीचमा चर्को विभेद छ। मार्टिन लुथर किङको आन्दोलनपछि त्यसमा कटौती आएको होला, तर त्यो मरेको छैन। राजनीतिमा महिला स्वतन्त्र नागरिक हुने नम्बरमा पनि अमेरिका अगाडि छैन। नेपाल जस्तो मुलुकमा महिलाहरूले राजनीतिमा आफ्नो भूमिका स्थापित गरेका छन्, अमेरिकाभन्दा बढी।

चार सय वर्षमा अमेरिकाले आफ्नो मुलुकलाई एउटा महिला राष्ट्रपति दिन सकेन। एउटा नेटिभ अमेरिकन राष्ट्रपति दिन सकेन, जबकि नेपालले गणतन्त्रको दश वर्षमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश दिइसकेको छ। अर्थात् लोकतन्त्रका तीनै अवयव प्रमुखमा महिलालाई स्थापित गरेको छ। 

यस मामिलामा अमेरिकाभन्दा नेपाल अगाडि छ। महिलाको सम्मानित र स्वतन्त्र अधिकारमा नेपाललाई भेट्टाउन अमेरिकाले अझै तीन चारवटा चुनाव पार गर्नुपर्छ। नब्रास्का र ओहायोमा भेटिएका महिला समूहले मलाई यो कुरो सन् २००१ मा भनेका थिए। उनीहरूले त्यतिबेला अमेरिकामा महिला राष्ट्रपति हुन अझै पचास वर्ष लाग्छ भनेका थिए। 

यो २१औँ शताब्दीमा पनि भारत भुटानलाई दास बनाउने षड्यन्त्रमा लागेको छ। चीनसँग पनि सम्बन्ध जोड्नुपर्छ भन्ने भुटानी सरकारलाई दिल्लीले डाँडा कटाइदियो। चीन र भुटानको सिमानामा रहेको दोक्लामलाई हाम्रो हो भनेर चीनसँग युद्ध गर्ने धम्की दिएको धेरै दिन भएको छैन। भारत, चीन र भुटानको न्यायाधीश त होइन नि! 

ट्रम्प आइसकेपछि यो अतिवाद झनै बढेको छ। उत्तर कोरियालाई किन जिस्क्याइ रहनु! उत्तर कोरियाली मरून् कि बाँचून्, अमेरिकालाई किन चासो! जति बम अमेरिकाले उत्तर कोरियामा खसालेको छ, त्यसको एक प्रतिशत पनि कोरियाले अमेरिकामा हानेको छैन। अब हानाहान नगरौँ, हामीलाई खान पुगेकै छ, तिमीहरू जेसुकै गर, बाँचे बाँच मरे मर भनेर अमेरिकाले भनिदिए कोरियाली प्रायद्वीपको सम्पूर्ण तनाव एकैचोटि समाप्त हुन्थ्यो। 

यस्तै, भारतले सबै छिमेकीलाई बिर्सिदिए छिमेकीको भलो त हुने नै थियो। त्योभन्दा बढी भारतको भलो हुने थियो। किटेर भनिदिए हुन्छ– दक्षिण एसियामा भारत कसैको साथी हुन सकेको छैन। यही ताल हो भने कहिल्यै हुन पनि सक्दैन। छिमेकीका लागि भारत सन्त्रास हो। पाकिस्तानका लागि भारत स्थायी शत्रु भएको छ।

बंगलादेशमा सरकार परिवर्तनसँगै भारतसँगको सम्बन्ध पनि परिवर्तन हुन्छ। यो २१औँ शताब्दीमा पनि भारत भुटानलाई दास बनाउने षड्यन्त्रमा लागेको छ। चीनसँग पनि सम्बन्ध जोड्नुपर्छ भन्ने भुटानी सरकारलाई दिल्लीले डाँडा कटाइदियो। चीन र भुटानको सिमानामा रहेको दोक्लामलाई हाम्रो हो भनेर चीनसँग युद्ध गर्ने धम्की दिएको धेरै दिन भएको छैन। भारत, चीन र भुटानको न्यायाधीश त होइन नि! 

उसै पनि अर्काको सिमाना मिच्ने काममा भारत उहिल्यैदेखि खप्पिस छ। सन् १९४८ सम्म नेपाली भएको ठूलो भूखण्ड अहिले भारतको भएको छ। सन् १९६० सम्म नेपाललाई मालपोत तिर्ने गाउँहरू अहिले भारतीय सेनाको कब्जामा छन्। भारतले त नेपालको चिहानडाँडो पनि छोडेको छैन। दिल्लीले नेपालतिर टेढो आँखा लगाउँदा भारतीय जनताले के नाफा पाउँछन्? दिल्लीको अहं तुष्टिबाहेक अरू केही पाउँदैनन् तिनले। भारतले बुझे हुन्छ– नेपाल र भुटानलाई केही दिनुपर्दैन।

यिनले पाउने अन्तर्राष्ट्रिय अधिकार मात्र दिए पुग्छ। भुटान र नेपाल दुवैलाई भारतले सहयोग नदिए पनि हुन्छ। यी दुई देशलाई दिने सहयोग कटाएर आफ्नो देशका मान्छे भोकै नमरून्, आफ्नो देशका किसानले आत्महत्या नगरून् भनेर सोचिदिए पुग्छ। भारतका किसानलाई आत्महत्या गर्न लगाएर, गरिब नागरिकलाई भोकभोकै मराएर दिल्लीले नेपाललाई आर्थिक सहयोग दिनु र हामीले त्यो लिनु भनेको अपराध हो। भारतले आफ्नालाई गरोस्, हामी आफ्नालाई खुवाउन सक्छौँ। भारतले भोलि घोषणा गरोस्, हामी नेपाललाई आर्थिक सहयोग दिन सक्दैनौँ भनेर। हामी खुसी भएर त्यसको स्वागत गर्नेछौँ।

भारतसित हामीले खालि एउटा सभ्य छिमेकीको व्यवहार मागेको हो। कहिले नाकाबन्दी लगाउने, कहिले कलकत्ता बन्दरगाहमा दुःख दिने, हामीले पाउनुपर्ने बंगलादेश मार्ग संचालन हुन नदिने जस्ता गलत अनि नचाहिँदो काम गरेर हामीलाई दुःख नदिने हो भने भारतसँग नेपालको मैत्री सुमधुर नहुने कुरै छैन। 

दिल्लीले के मात्र बुझिदिए हुन्छ भने नेपालका केही अन्तर्राष्ट्रिय अधिकार छन्, जसको सम्मान भारतले गर्नुपर्छ। त्यसपछि भारतले नेपालको नाम बिर्सिदिए पनि हुन्छ।

तर भारतीय जनताले जति सुख पाउने भए पनि यस्तो राम्रो काम हुनु दक्षिण एसियामा संभव छैन। भारत यस्तो काम गर्नै चाहँदैन। देशका किसानले आत्महत्या गरिरहुन्, तर छिमेकी मुलुकका स्थानीय मामिलामा हस्तक्षेप गर्न छोडिँदैन– यो दिल्लीको चेतना हो।

मिथ्यांकशास्त्रीहरूले जे जस्तो गफ गरे पनि केही अपवाद राष्ट्रलाई छोडेर सबै राष्ट्रका नागरिकमा गरिबहरू झन् गरिब र धनीहरू झनझन धनी बन्दै गएका छन्। यो मैले नेपाल सन्दर्भमा मात्र भनेको होइन। भारतको हालत पनि यस्तै हो। नेपालमा आधारभूत रेखामुनिको गरिबी घट्यो भन्ने पनि पढियो। आर्थिक वृद्धि प्रतिशत साढे सातसम्म जान्छ भन्ने पनि पढियो। नेपालमा बेरोजगारको संख्या दश हजार मात्र छ भन्ने पढियो।

गहिरिएर हेर्ने हो भने यी कुनै तथ्यांकमा सच्चाइ छैन। रोजगारी न्यूनीकरण गर्ने भनेको आधारभूत रूपमा वैदेशिक रोजगारी हो। वैदेशिक रोजगारीमा कुनै सुरक्षा हुँदैन। अपमान र मृत्यु वैदेशिक रोजगारीका नयाँ आयाम हुन्। मुलुकको भ्रष्ट व्यवस्थाका कारण नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको सुरक्षा प्रत्याभूतिसमेत हुँदैन। 

‘लम्पसारवाद’ नेपाली राजनीतिमा एउटा नयाँ शब्द जन्मिएको छ। यो लम्पसारवादका प्रणेता नेपालका प्रधानमन्त्री श्रीमान् शेरबहादुर देउवा हुन्। सबैले भन्दै आएको यो शब्द मैले यहाँ उल्लेख गरेको मात्र हुँ। राजनीतिमा उहाँलाई नचिन्ने कोही छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.