|

  • अर्जुन बोहरा-

सिमकोटः हुम्लामा १५ जान हेपाटाइटिसका बिरामी भेटिएका छन्।  जिल्ला अस्पताल हुम्लासँगको समन्वयमा एकएक पाइला नामक संस्थाले सिमकोटमा संचालन गरेको निःशुल्क एकिृकृत स्वास्थ्य शिविरमा चेकजाँच गराउँदा १२ जनामा हेपाटाइटिस बी र तीन जनामा हेपाटाइटिस सी भेटिएको डा. सुमनशम्शेर थापाले  बताए।

हुम्लामा बढी जाँड रक्सी पिउनु, हेपाटाइटिसको भ्याक्सिन नलगाउनु, औषधिको प्रयोग समयमै नगर्दा तथा सीमा जोडिएका देशबाट आएकाबाट लगायत विभिन्न कारणले यो रोग उत्पन्न भएको हुन सक्ने  उनले बताए। 

हुम्लामा पछिल्लो समय हेपाटाइटिसका बिरामीको संख्या बढेकाले यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्ला लागिपरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा. स्मृति महतले बताइन्। 

हेपाटाइटिसले कलेजोलाई असर पु¥याउने भएकाले खानपान र नियमित स्वाथ्य चेकजाँचमा ध्यान नदिएकाले पनि जिल्लामा हेपाटाइटिसका बिरामी भेटिएको डा. महतको भनाइ छ। 

निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारभन्दा बढीकोे उपचार
हुम्लाको सिमकोटमा संचालन गरिएको एकीकृत स्वास्थ्य शिविरबाट तीन हजार ३०० स्थानीय बासिन्दाको निःशुल्क चेकजाँच र उपचार भएको छ। 

गत बिहीबारदेखि सुरु भएको शिविरमा एक हजार ७१० जनाको शल्यक्रिया गरिएको छ भने अन्य बिरामीको सामान्य उपचार गरिएको शिविरका प्रमुख डा. सुमनशमशेर थापाले बताए। त्यसैगरी आँखाका ७५० तथा नाक, कान, घाँटीका ३९५, जनरल सर्जरीका १३०, दाँतका १९७, हाडजोर्नीका ३९० र छालाका ३१० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए।

यसरी नै भिडियो एक्सरे ३१०, बालरोग १३०, जनरल मेडिसिन ४०२, स्त्रीरोग ३५०, रगत तथा पिसाब ३५२ र मोतिया बिन्दुको शल्यक्रिया ४३ जनाले गरेको डा. थापाले बताए। त्यसैगरी शिविरमा नाक, कान, घाँटीको शल्यक्रिया १९ जना, दाँतको शल्यक्रिया १७२ जनाले गरेका छन्। 

एकएक पाइला नामक संस्थाले संचालन गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकहरूले पहिलो पटक हुम्लाको सदरमुकाम सिमकोटमा संचालन गरेको कर्णाली विज्ञान प्रतिष्ठानका डा. मंगल रावलले जानकारी दिए। 

निःशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया, जनरल सर्जरी र माइनर अप्रेसनसहित निःशुल्क औैषधिसमेत वितरण गरिएको छ। शिविरमा तीन जना डाक्टरले स्थानीयका विभिन्न रोगको परीक्षणसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.