|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगाका ग्रामीण भेगमा स्थानीय जातका कुखुरा विस्थापित हुन थालेका छन्। जिल्लाका ग्रामीण भेगमा ब्रोइलर फार्म खोलेर कुखरा पाल्न थालेसँगै स्थानीय जातका कुखुरा विस्थापित हुन थालेका हुन्।

ग्रामीण भूभागमा व्यापारिक दृष्टिकोणले बाक्लै कुखुरा फार्म खोलेपछि मासुका लागि सहज भएको छ। नयाँ पुस्तालाई स्थानीय जातका कुखुरा चिनाउन फोटा देखाउनुपर्ने समय हुन थालेको छ।

गाउँमै ब्रोइलर कुखुरा पाइन थालेपछि पाहुना आउँदा तथा मासु खान मन लागेको बेला सजिलो भएको लिखु गाउँपालिका वडा नं ६ की य माया भुजेलले बताइन्। लोकल कुखुराजस्तो स्वादिष्ट नभए पनि सस्तो र भनेको बेलामा सहजै भेटिने भएकाले आफूले घरमा पाल्दै गरेको दुई चार वटा कुखुरा पनि पाल्न छाडेको उनको भनाइ छ। छोटो समयमा बढ्ने तथा मासुका लागि छिट्टै योग्य हुने भएकाले ब्रोइलर पालनमा स्थानीयको आकर्षण बढेको छ।

लिखु गाउँपालिका ६ गाम्नाङटारमा ब्रोइलर पाल्दै आएका हरि भट्टराई लोकल कुखुरा लामो समयसम्म पाल्नुपर्ने भएका कारण घाटा हुने  बताउँछन्। सुरुमा कुखरा पाल्नेको संख्या थोरै हुँदा समयमै सकिन्थ्यो तर अहिले कुखुरा पाल्नेको संख्या बढेपछि धेरै समयसम्म पाल्नुपर्ने बाध्यता रहेको उनले सुनाए।।

गाउँहरुमा कुखुरा फार्म खोल्नेहरुको संख्या बढ्दै गएपछि स्थानीय जातका कुखुरा पाइन छाडेका छन्। स्थानीय जातको सामान्य १ केजीको कुखुरालाई १ हजार २ सय देखि  १ हजार ५ सयसम्म पर्ने र ब्रोइलर कुखुरा त्यही रकममा ३ देखि ५ केजीसम्म पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.