|

  • विकास डांगी

दाङ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा वाम गठबन्धनले उम्मेदवार टुंग्याएको छ। दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल र कृष्णबहादुर महरामध्ये को उम्मेदवार बन्ने भन्ने लामो समयको विवाद र अन्योलकाबीच महरालाई प्रतिनिधिसभा र पोखरेललाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएर अन्तिम टुंगो लगाइएको हो। दाङ– २ (क) बाट उम्मेदवार बन्न लागेका पोखरेल वाम गठबन्धनका तर्फबाट प्रदेश नम्बर ५ को मुख्यमन्त्रीको साझा उम्मेदवार बन्ने सहमतिसमेत भएको छ। यस्तै दाङ २ (ख) मा एमालेकै अमर डाँगी उम्मेदवार बनेका छन्।

यसैगरी  क्षेत्र नम्बर १ र ३ भने एमालेले पाएको एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिए। प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको दाङमा एमालेले प्रतिनिधिसभाका २ सहित कुल ६ र माओवादीले प्रतिनिधिसभाको १ सहित कुल ३ क्षेत्र पाएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरी उम्मेदवार बनेका छन्। प्रदेशतर्फ १ (क) मा माओवादीका इन्द्रजित थारु र १ (ख) मा एमालेका रेवतिरमण शर्मा उम्मेदवार बन्ने भएका छन्।

यस्तै क्षेत्र नम्बर ३ मा एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। ३ (क) मा माओवादीले उम्मेदवारी दिने पक्का भए पनि उम्मेदवारको टुंगो लागेको छैन। ३ (ख) मा भने एमालेका उत्तर ओली उम्मेदवार बन्ने पक्का भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.