|

गुल्मी : जिल्लाको गुल्मी दरबार गाउँपालिका ३ वीरबारमा माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बुटवलदेखि गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको बा ३ ख ५५०१ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा नै र एक जनाको उपचारका क्रममा श्रृङ्गा स्वास्थ्यचौकीमा मृत्यु भएको हो।

दुर्घटनामा ११ जना घाइते भएका प्रहरीले जनाएको छ। बुटबलबाट १३ जना यात्रु लिएर छुटेको उक्त माइक्रोबसले बीच बाटोबाट पनि यात्रु चढाएको प्रहरीले जनाएको छ। माइक्रोबस सडकदेखि करिब ५०० मिटर तल खसेको श्रृङ्गा प्रहरी चौकीका हवलदार शम्भु कुँवरले जानकारी  दिए।

मृतक र घाइतेको सनाखत हुन सकेको छैन। घाइतेहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ। प्रहरीले घटनास्थलमा उद्दार कार्य जारी राखेको छ। दुर्घटना के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.