|

  • जमुना राई-

भोजपुरः भोजपुरकी एक बालिकाको बलात्कारपछि हत्या प्रयास भएको छ। 

आम्चोक गाउँपालिका– ९ दुम्मानाकी १४ वर्षकी एक बालिकालाई स्थानीय १९ वर्षका सन्तोष श्रेष्ठले बलात्कारपछि बालिकाको आँखा झिकेर हत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

श्री सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठले ललाइफकाई यौन सम्पर्क गर्न खोजेपछि प्रतिकार गर्दा बालिकालाई कुटपिट गरेको उनका दाजु तिलक विकले जानकारी दिए। 

अर्धचेत अवस्थामा स्थानीयले शनिबार भटेपछि  पीडित बालिकालाई आफन्तहरूको सहयोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरी उपचार भइरहेको तिलकले बताए। 

आर्थिक अवस्था कमजोर भएका कारण र डाक्टरले ढिलासुस्ती गरेको कारण आँखा निकालेर फाल्ने अवस्था आएको समेत उनले बताए। अभियुक्त श्रेष्ठलाई आइतबार नै पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.