उद्घाटन खेलमा कास्की ११ पोखरा विजयी

|

  • भविश्वर पाण्डे-

कावासोती: मोफसलकै सबैभन्दा बढी पुरस्कार राशि रहेको राइनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता सोमबारबाट नवलपरासीमा सुरु भएको छ।

खेलको माध्यमबाट वन र वन्यजन्तु सुरक्षा तथा एक सिङे गैँडा संरक्षणमा युवाहरूको चासो वृद्धि गराउने उद्देश्यले यो फुटवल प्रतियोगिता आयोजना गरिएको हो। उक्त प्रतियोगितामा ए डिभिजनका ११ टिम सहभागी रहने आयोजक नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए।

प्रतियोगिता कात्तिक २३ गतेसम्म चल्नेछ। प्रतियोगितामा प्रथम हुने टिमले पाँच लाख २५ हजार ५५५ रुपैयाँ र दोस्रो हुने टिमले दुई लाख ५० हजार ५५५ रूपैयाँ प्रप्त गर्नेछन्।

सोमबार भएको उद्घाटन खेलमा कास्की ११ पोखरा विजयी भएको छ। उद्घाटन खेलमा जगदम्बा लुम्बिनी र कास्की ११ पोखराबीच भएको खेलमा ३–० गोल अन्तरले कास्की ११ पोखरा विजयी भएको छ। कास्की ११ पोखराका लागि खेलको दोस्रो हाफको ५५औँ मिनेटमा सिद्धकमान तामाङले पहिलो गोल गरे भने खेलको ७६ओँ मिनेटमा सुलेमान गापाले दोस्रो गोल गरे।

त्यस्तै  खेलको ८०औँ मिनेटमा वनोद गुरुङले थप एक गोल गर्दै कास्की ११ ३–० गोल अन्तरले विजयी भएको हो। भोलिको खेलमा वीरगंज युथ क्लब र रूपन्देही ११ बीच खेल हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.