|
okfert.com

रुपन्देही : धान भित्र्याएर तोरी र गहुँ छर्ने बेलामा कृषकहरूले चरम मल अभाव खेपनुपरेको छ। मल नपाउँदा यो वर्ष उत्पादन घट्ने भन्दै उनीहरू चिन्तित छन्। 

गहुँखेतीका लागि अझै समय भए पनि  तोरी छर्न ढिलो भएको किसानहरुको गुनासो छ। केही दिन अघिदेखि मल माग  बढे पनि कृषि सामग्री केन्द्र र कृषि कार्यालयले मलखाद उपलब्ध गराउन नसकेको किसान टिकाराम अधिकारीले बताए।

एकसाता भित्र सबै किसानका लागि आवश्यक अनुसारको मलखाद उपलब्ध गराउने कृषि सामग्री केन्द्र भैरहवाका क्षेत्रीय प्रबन्धक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए। क्षेत्रीय प्रबन्धक कार्कीका अनुसार अहिले नेपालको विराटनगरमा मात्र युरिया पाइए पनि अन्य सबै जिल्लामा मलको अभाव छ। 

रूपन्देहीमा ७० हजार बढी युरिया र करिव ४० हजार बोरा डिएपी मल आवश्यक पर्ने कृषि सामग्री केन्द्रको अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.