|

सिन्धुपाल्चोक : हेलम्बु ६, इचोककी गंगातामाङ आफ्ना ६ जनाभाइबहिनीसँगै गाउँकै नारायण आधार भूतविद्यालयमा पढ्छिन्। सामान्य अर्थिक अवस्था रहेको उनको परिवारलाई विद्यालय पढाउनै धौ-धौ रहेको थियो।

भर्खर ८ कक्षा उत्तीर्ण गरेकी गंगालाई अब आफ्नो पढाइ अगाडि बढाउन केही राहत मिलेको छ। विद्यालय छोड्ने दर अत्यधिक रहेको यो ठाउँमा गंगा भने अब आफ्नो पढाइ निरन्तर अगाडि बढाउने बताउँछिन्। उनलाई यो हिम्मत छात्रवृत्ति रकम र शैक्षिक सामग्री पाएपछि जुटेको हो।

जिल्लाको विकट तथा दुर्गम क्षेत्र मानिने इचोकका ४२ जना बालबालिकाले छात्रवृत्ति पाएका छन्। हेलम्बु गाँउपालिका ६ को नारायण आधारभूत विद्यालयको ४२ बालबालिकालाई प्रतिव्यक्ति ३ हजारको शैक्षिक सामग्री वितरण गरिएको हो। परिवर्तनका लागि सहकार्य नेपालले वितरण गरिएको छात्रवृत्ति टिम नेपालले उपलब्ध गराएको जानकारी दिएको छ।

संस्थाले विद्यालय छोडी वैदेशिक रोजगारिमा जाने दर धेरै भएकोले यो क्षेत्रका बालबालिकाले आफ्नो अध्ययन पूरा गरुन् भन्ने उदेश्यले सहयोग सुरु गरेको अध्यक्ष इन्दिरा घलेले जानकारी दिइन्।

‘स्नातक अध्ययन गरुन्जेल सहयोग निरन्तर लानेछौं’, अध्यक्ष घलले भनिन्, ‘ हरेक महिना प्रतिव्यक्ति एक हजारका दरले सहयोग गरिँदै आएका छौं।’ हालै वितरण गरिएको शौक्षिक सामग्री १२औँ पटक प्रदान गरिएको उनले बताइन्। योपटक शैक्षिक सामग्री वितरण गरिएको, यसअघि नगद र त्योभन्दा अगाडि विद्यालय पोसाक वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक पुण्य पण्डितले बताए।

छात्रवृत्तिसँगै विद्यालयलाई एकथान ल्यापटप र खेलकुद सामग्री सहयोग वितरण गर्दै सहयोगी संस्थाका प्रतिनिधि तथा अमेरिकी नागरिक करुणाले विद्यालयलाई थप १५ वटा कम्युटर दिने प्रतिबद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.