|

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले झुक्याएपछि आफू वाम गठबन्धनबाट बाहिरिएको बताएका छन्। 

प्रेस सोसाइटी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पहिले नयाँ समाजवादी पार्टी बनाउने भनेर बोलाए पनि पछि पुरानै धङधङी देखाएपछि आफू बाहिएको बताए। ‘नयाँ समाजवादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने, ‘तर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोकेपछि हामी गठबन्धनबाट बाहिरियौं,’ उनले भने।

भट्टराईले एमाले र माओवादीले बनाउने भनेको एउटै कम्युनिष्ट केन्द्रको औचित्य नरहेको जिकिरसमेत गरे। गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएकाले बाहिरिएको भन्ने कुरा हल्लामात्रै भएको उनको जिकिर छ।

साथै उनले नयाँ शक्तिलाई वाम लोकतान्त्रिक पार्टीको फ्यूजनको रुपमा व्याख्या गर्दै कांग्रेस र कम्युनिष्ट दुवैलाई समदूरीमा राखेर अघि बढ्ने बताए। लोकतान्त्रिक गठबन्धनलाई अस्वभाविकरुपमा लिन नहुने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.