|

डडेल्धुरा : सिंगो गाउँपालिका नै मदिरा निषेधित क्षेत्र घोषणा गरिएको अजयमेरु गाउँपालिकाले दुई महिनाको अवधिमा ठूलो परिणाममा जरिवाना रकम संकलन गरेका छ। गाउँपालिकाकाले दुई महिनामै दुई लाख रुपौयाँ जरिवाना संकलन गरेको हो।

३२ साउनमा बसेको गाउँसभाको पहिलो बैठकले गरेको मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णयअनुसार ११ भदौबाट अजयमेरु गाउँपलिककालाई पूर्ण मदिरा निषेधित गाउँपालिका घोषणा गरिएको थियो।

मदिरा निषेधित अभियान अहिले सक्रियताका साथ अघि बढिरहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए। नेपाल प्रहरी, स्थानीय क्लब, व्यापारी, व्यवसायी, राजनीतिक दल लगायतको सहयोगमा निषेधित अभियान सक्रियताका साथ अगाडि बढाइ रहेको छौँ’ गाउँपालिकाका अध्यक्ष भट्टले भने, दुई महिनामै दुई लाख जरिवाना संकलन भएको छ।’ केही मदिरा बरामद गरिएको र लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ।

गाउँपालिककाभित्र मदिरा सेवन गरी होहल्ला गर्नेलाई २ हजार १ सय, बिक्री वितरण गर्ने लाई पाँच हजार र ओसारपसार गर्नेलाई पाँच हजार पाँच सय जरिवाना गर्ने निर्णय गरेको उनले बताए। जरिवानाबाट संकलित रकमको ५० प्रतिशत गाउँपालिकको राजस्वमा संकलन गर्ने र ५० प्रतिशत सुराकी, बजार व्यवास्थापन समिति, स्थानीय क्लब, नेपाल प्रहरीलाई वितरण गर्ने गरेको उनले बताए।

गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि जनतामा सकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाइ छ। ‘गाउँपालिकाले अहिले सार्वजिनक ठाउँमा धुम्रपान गर्न नदिने र जुवातासहरु पनि नियन्त्रण गर्ने अभियान पनि गाउँपालिका भित्र सञ्चालन गरिरहेको छ।’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.