|

  • मनोज भट्टराई-

ओखलढुंगा : सोमबार जिल्लाको निशंखेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न वाम गठबन्धनका शीर्ष नेता खड्ग योगी अनिल मञ्चमा पुगे। उनी मञ्च पुगेर कविता सुनाउँछु भन्दा धेरै छक्क परे। उनलाई भाषण गर्न बोलाएको कविता पो भन्छन्! सबै छक्क परे। उनले सुरुमा कविता नै सुनाए, वाम गठबन्धनको।

 कवितापछि संक्षिप्त भाषण गरेका योगिको भाषण नसकिउञ्जेल तालि रोकिएन। कारण एउटै थियो सभामा जाँदा बाटोमा भेटिएकी ८१ वर्षीया हजुरआमा नैनकुमारी खड्काको उम्मेदवारलाई सुझाव दिएको विषय।

भाषणमा उनले बाटाको कहानी सुनाए। बाटोमा जाँदा गाडी फसेर बाहिर निस्कँदा एकजना हजुर आमा भेट्टाएछन्, सिद्धिचरण नगरपालिका वडा नं. २ मा । उनले आमालाई नमस्कार गर्दै गठबन्धनका नेतालाई सूर्य चिह्नमा भोट मागेछन्। गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार र अम्बीरबाबु गुरुङलाई, किनकि यो क्षेत्र नं (क) मा पर्छ।

त्यसपछि आमाले हाँस्दै सोधिछन् ‘नेता बाबु खैत त?’ उनले अघि गइसकेको बताएपछि उनले भनिछन्, ‘मेरो भेट भएन, यो कुरा तिमीले सुनाइदेऊ कि मेरो सुझाव छ, हाम्रा सांसदले घडी नै चोरेर हाम्रो जिल्लाको इज्जत गएको छ भन्ने सुनेको छु, तिम्रा नेताहरु त्यस्ता नहुन् शुभकामना छ।’ भनेर दिएको सुझाव उनले सुनाउँदा ताली रोकिएको थिएन।

उनले यसको संक्षेपमा पुष्टि गर्दै भने, ‘हजुरआमाको सन्देश यस्तो छ। हाम्रा उम्मेदवारहरु तपाईँहरुबीच हुनुहुन्छ। उहाँहरु पूर्वसांसद, अहिलेका कांग्रेसका उम्मेदवार रामहरि खतिवडा जस्तो घडी चोरको आरोपमा नैतिकता गुमाउनुभएको छैन।’ हाम्रा उम्मेदवाहरुलाई हामी नैतिककवान् जनताको सेवक बनाउँछौँ भन्दै उनले भाषण टुंग्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.