काठमाडौं : मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जेल सजायका लागि कडा सुरक्षाबीच डिल्ली बजार कारागार लगिएको छ।
कानुनअनुसार जिल्ला अदालत ओखलढुंगाबाट जेल चलानको फ्याक्स प्राप्त भएपछि ढुंगेललाई कारागार चलान गरिएको हो। सर्वोच्चद्वारा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता ढुंगेललाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालत पेस गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।