|

संखुवासभा : तुम्लिङ्टारबाट धरान तर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सभाखोला–लेगुवा सडक खण्ड अन्तर्गतको दारेगौडामा भएको दुर्घटनामा षडानन्द नगरपालिका ६ भोजपुरका मोटरसाइकल चालक मदन खड्गीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सडकबाट करिब दुई सय मिटर तलको सभाखोला खस्दा को २३ प ९०६९ नम्बर मोटरसाइकलका चालक खड्गीको मृत्यु भएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताए। गाडीलाई उछिनेर अगाडि बढ्ने क्रममा मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। सभाखोला–लेगुवा सडक खण्डमा साँघुरो सडक भएकाले दुईतर्फी यातायात सञ्चालनमा समस्या हुने गरेको छ।

त्यसैगरी मंगलबार नै जिल्लाको सङ्खुवा खोलामा एक महिलाको शव भेटिएको छ। भोजपुर र संखुवासभाको संगमस्थल डुम्मामा खोलाले बगाएर ल्याएको अवस्थामा खोला किनारमा सिलिचोङ गाउँपालिका–३ ताम्कु मूल गाउँकी ५० वर्षीय हर्कमाया राईको शव भेटिएको प्रहरीले जनाएको छ। उनी तीन दिनदेखि हराइरहेकी थिइन्। शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.