|
Photo : Goal.com

काठमाडौं : ओलम्पियाकोससँग गोलरहित बराबरीमा रोकिँदै बार्सिलोनाले २ खेलअगावै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने मौका गुमाएको छ। 'समूह डी'अन्तर्गत गएराति भएको खेलमा पाहुना टोली बार्सिलोना बराबरीमा रोकिँदै अंक तालिकाको पुछारमा रहेको ओलम्पियाकोससँग अंक बाँड्न बाध्य भयो।

सो समूहको अर्को खेलमा युभेन्टस र स्पोर्टिङले पनि बराबरी खेलेका छन्। यससँगै १० अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको युभेन्टसले ७ अंक जोडेको छ।

गएराति नै भएको समूह बीको खेलमा बेल्जियन क्लब एण्डरलेक्टलाई ५-० ले पराजित गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको छ। सोही समूहको अर्को खेलमा बार्यन म्युनिखले सेल्टिकलाई २-१ ले पराजित गरेको छ।

यस्तै एथ्लेटिको मड्रिड क्वारबागसँग १-१ गोलको बराबरीमा रोकिएको छ। यो नतिजाले एथ्लेटिकोलाई नकआउट चरणमा प्रवेश गर्न निकै कठिन बनेको छ। ४ खेलबाट जम्मा ३ अंक जोडेको एथ्लेटिको अंक तालिकाको तेस्रो स्थामा छ। अब उसले समूहको शीर्ष स्थानमा रहेको रोमा र दोस्रो स्थानको चेल्सीसँग खेल्न बाँकी छ। यदि यही स्थानमा रहिरहने हो भने एथ्लेटिको समूह चरणबाटै बाहिरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.