|
PHOTO: REUTERS

अमेरिकाको न्यूयोर्कमा गएराति भएको आतङ्कवादी आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ, अन्य ११ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

एक आतङ्ककारीले न्यूयोर्कको म्यानह्याम्पटनस्थित व्यस्त सडकको फुटपाथ र साइकल ट्र्याकमा जथाभावी ट्रक चलाएका हुन्। सेफुल्ला साइपोब नामका ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ। 

उनको साथबाट २ वटा बन्दुक र आइएससम्बद्ध केही कागजात फेला परेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। उनी आप्रवासीका रुपमा सन २०१० मा अमेरिका प्रवेश गरेको बताइएको छ। 

न्यूयोर्क सिटीका मेयर बिल बल्लासियोले यसलाई आतङ्कवादी आक्रमण भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.