रुपन्देही : बुटवलमा अपरिचित समूहले ३ वटा मोटरसाइकलमा आगजनी गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सोमबार राति पौने १ बजेतिर बुटवल ५ अमरपथमा रोकिराखेको लु३०प१६३३, लु ३५प२६१९ र बुटवल ८ राजमार्ग चौराहामा रोकिराखेको लु२७प२११४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको हो।
३ जनाको संख्यामा आएका व्यक्तिले मोटरसाइकलमा आगजनी गरेर भागेको र उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।