|

गोरखा : धार्चे गाउँपालिकाको गुम्दा गाउँमा भाइरल ज्वरोको बिरामी बढेका छन्। स्थानीय महेन्द्र गुरुङका अनुसार साविकको गुम्दा गाविसको यमगाउँ, गुम्दागाउँ, लप्सीबोट र सिङ्ला गाउँमा घरघरै बिरामी परेका छन्।

‘स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी छैनन्’ गुरुङले भने ‘हेल्थपोस्टमा एकजना अनमी मात्र छ। अनमीले पनि औषधि छैन भन्छ। एकै परिवारमा तीन चारजना बिरामी छन्। एक सातादेखि   एकसातादेखि गाउँमा रोग फैलिएको छ। स्वास्थ्य चौकी जाँदा औषधि छैन  पानी तताएर खानु भनेर पठाउँछ के गर्ने?’

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि पनि नभएको अनमी सुकु परियारले पुष्टि गरिन्। ‘अरू स्टाफहरु पनि तालिममा जानु भएकोले हुनुहुन्न, औषधि पनि नभएकोले उपचार गर्न सकिएको छैन’ उनले भनिन् ‘बिरामी धेरै आएका छन् औषधि पनि छैन। तातोपानी, अदुवापानी खानू भनेर पठाउने गरेको छु। सिटामोल पनि सकिएको छ।’ जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले यसबारे जानकारी नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.