|

  • मनोज भट्टराई-

ओखलढुंगा : ओखलढुंगामा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपालले सरकारलाई चेतावनी दिएको छ। मंगलबार माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई गिराफ्तार गरेपछि कांग्रेस र राप्रपाका हरेक नेताहरुलाई नछाडिने चेतावनी वाइसिएलले दिएको हो।

वाइसिएल नेपाल ओखलढुंगाको मंगलबार बसेको आकस्मिक बैठकले जिल्लामा रहेका हरेक कांग्रेस नेताविरुद्ध मुद्दा हालिने वाइसिएल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ज्ञानबहादुर बोगटीले जानकारी दिए। वाइसिएल नेपाल ओखलढुंगाले मंगलबार समातिएका आफ्ना नेता ढुंगेलको  ससम्मान रिहाई नगरे आपूmहरुले पनि कांग्रेस नेताविरुद्ध उत्रनेसमेत चेतावनी दिएको छ।

त्यस्तैगरी, वाइसिएल ओखलढुंगाले निर्वाचनका लागि एकहजार युवा परिचालन गरेको छ। एमालेनिकट युवा संघ नेपाल ओखलढुंगाले पनि उत्तिकै संख्यामा आफ्ना कार्यकर्ता परिचालन गरेको युवासंघ नेपाल ओखलढुंगाले जनाएको छ। दुवै युवा संगठनले जिल्लाभरी भएका आफ्ना कार्यकर्ता परिचालन गरी ‘एक बुथ सय युथ’को रणनीति अपनाएको बताएका छन्।

निर्वाचनका लागि आफ्ना उम्मेदवारहरुको रक्षा र जनताहरुको मनोबल तान्न युवाहरुको हात हुने भएको हुँदा राजनीतिक दलहरुले युवा परिचालनमा जोड दिने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.