|

कैलाली : नेपाली कांग्रेसकी नेत्री एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले नेपालको राजनीति धुब्रीकरणतर्फ गइरहेको बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छिन्।

नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेत्री डा. देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी हुन्।

यसपालिको निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने उनको भनाइ छ।

उनले लोकतान्त्रिक रुपमा निर्वाचित भएर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्न आग्रह गरेकी थिइन्।

सामाजिक विकासअन्तर्गत मुक्त कमैया, दलित आयोग, महिला आयोगलगायत जति पनि ठूल्ठूला निर्णय नेपाली कांग्रेसले गरेको उनको भनाइ थियो।

नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी नेत्री देउवाले भनिन्, “अहिले पनि जिल्लामा कतिपय स्थानमा बिजुली बत्ती, बाटोघाटो, पुल, खानेपानीलगायत विकासका आधारभूत पूर्वाधारसमेत रहेका छैनन्। त्यस्ता ठाउँमा विकासको उज्यालो पुर्‍याउने मेरो प्राथमिकता रहनेछ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.