|

  • मनोज भट्टराई -

ओखलढुंगा : ओखलढुंगामा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको रिहाइको माग गर्दै कोणसभा तथा आधा घण्टा चक्काजाम गरेको छ। ओखलढुंगाको मानेभञ्याङ गाउँपालिकाको केन्द्र मानेभञ्याङ चेकमा कोणसभा तथा चक्काजाम गरी विरोध जनाएको छ।  त्यस्तै, गरी माओवादी केन्द्र ओखलढुंगाले एक विज्ञप्ति जारी गर्दै नेता ढुंगेलको रिहाइको माग गरेको छ।

मानेभज्ञ्याङमा भएको कोणसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज बाबुराम गौतमले १० वर्षे जनयुद्धका मुद्दालाई ब्युँताई आफ्नो पार्टीका नेता ढुंगेललाई ससम्मान रिहाइ नगरे देश पुनः द्वन्द्वमा जानसक्ने चेतावनी दिए।

त्यस्तैगरी, नेकपा एमालेका नेता तथा ओखलढुंगा कम्युनिस्ट आन्दोलनका अग्रज लोककृष्ण भट्टराईले सरकाले बृहत शान्ति सझौताविरुद्ध बालकृष्ण ढुंगेललाई गिराफ्तार गरी जेल हालेको र शान्ति सझौता उल्लंघन गरकोमा दुखः व्यक्त गर्दै तत्काल विनासर्त ढुंगेलको रिहाइको माग गरे।

माओवादी केन्द्रले आफ्ना नेताको रिहाइको माग गर्दै सार्वजानिक गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ ः ‘नेपाली जनताको पूर्ण भुक्तनीका लागि ०५२ साल पागुन १ देखि तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको महान् जनयुद्धमा लामबद्ध भई जनताको मनको ढुकढुकी बन्न सफल लोकप्रीय नेता क.बालकृष्ण ढुंगेललाई झुट्टा मुद्धा लगाई षडयन्त्र पुर्वक प्रतिक्रीयावादी सरकार र अदालतबाट फसाई कार्तीक १४ गते बिहान ललीतपुरको सातदोबाटो बाट पक्राउ गरेको कुरा सुन्दा सम्पुर्ण ओखलढुंगेलीहरुलाई स्तब्ध बनाएको छ।

०५६ सालमा जिल्ला अदालत ओखलढुंगाबाट वकील समेत राख्न नदिई फैसला गरीएको, ०६४ सालमा पुनरावेदन अदालतद्धारा सफाई दिएको र सर्वोच्चबाट प्रतिवादी समेत राख्न नदिई झुक्यायर षडयन्त्र पुर्वक तरीकाले एक तर्फी फैसला गरीएको यस मुद्धाका नाममा जनप्रीय नेता क. बलकृष्ण ढुंगेललाई फसाउनुको कुनै तुक छैन। बरु यस प्रकारको हर्कतले जनयुद्धको बलमा प्राप्त सघिय लोकतान्त्रीक गणतन्त्रको उपहास भएको छ। यो जनअधिकार प्राप्तीको आन्दोलनमा शाहदात प्राप्त गर्ने शहिदहरको घोर अपमान हो।

हामी यस घटना प्रति घोर भत्र्सना गर्दै देउवा सरकारको यस्ता खाले गतीबिधीहरुको खेद ब्यक्त गर्दछौ । साथै यो समयमा सम्पुर्ण ओखलढुेंलीहरुलाई हतोत्साहीत नभई समाजबादी क्रान्तिीकोे बाटोमा अडीग रहन अनुरोध गर्दै जनप्रीय नेता क.बालकृष्ण ढुंगेलको ससम्मान रीहाईको जोडदार माग गर्दछौं।’  भनिएको छ।

ओखलढुंगामा भएका माओवादीनिकट रहेका प्रेस सेन्टर नेपाल, अखिल क्रन्तिकारी, वाइसिएल, दलित मुक्ति मोर्चा, अनेमसंघ क्रान्तिकारी,अदालत पिडीत संघ, नेवा मुक्ती मोर्चा, मगर मुक्ती मोर्चा , किराँत राष्ट्रिय मुक्त मोर्चा लागाएतका जनवर्गीय संगठनहरुले विज्ञप्ति जारी गर्दै नेता ढुंगेलको रिहाइको माग गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.