|

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेसले झापा क्षेत्र नम्बर- ५ मा प्रतिनिधिसभाको लागि डा. खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।

काठमाडौंको त्रिचन्द्र कलेजमा अध्यापन गराइरहेका सहप्राध्यापक डा. अधिकारी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्। झापा गौरादह नगरपालिका- ३ का वासिन्दा अधिकारीले झापा- ५ बाट पार्टीले आफूलाई प्रतिनिधिसभातर्फ टिकट दिएको बताए। झापा- ५ नम्बर क्षेत्रको प्रदेश 'ख'बाट तरुण दलका पूर्व महासचिव अनिलकृष्ण प्रसाईंलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

यसअघिको झापा क्षेत्र नम्बर ६ र ७ को अधिकांश क्षेत्रलाई समेटिएको झापा क्षेत्र नम्बर- ५ मा स्थानीय तहमा एमाले र कांग्रेसले बढी मत प्राप्त गरेका थिए। ओलीले यसअघिको संविधानसभा निर्वाचनमा कांग्रेसका सुरेश सुब्बालाई पराजित गरेका थिए। ०६४ को संविधानसभा निर्वाचनमा भने ओली माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.