|

काठमाडौंः नेपाल प्रज्ञाप्रतिष्ठानले ३२औँ प्राज्ञसभाको अवसर पारेर पुस्तक प्रदर्शनी आयोजना गरेको छ। कार्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनी १५ दिनसम्म चल्नेछ।

उक्त प्रदर्शनीमा प्रज्ञाप्रतिष्ठानद्वारा २०३० सालदेखि २०७४ असोज मसान्तसम्म प्रकाशित पुस्तकहरू बिव्रmीमा राखिएको प्रतिष्ठानका सदस्य सचिव  प्रा.डा. जीवेन्द्रदेव गिरीले बताए। 

गिरीका अनुसार ‘नेपाली बृहत् शब्दकोश’ र ‘प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्दकोश’मा १५ प्रतिशत, २०६६ सालसम्म प्रकाशित पुस्तकहरूमा ६० प्रतिशत र २०६७ सालदेखि हालसम्मका प्रकाशनहरूमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले दुई रुपैयाँदेखि एक हजार ४०० रुपैयाँ मूल्य पर्नेसम्मका पुस्तकहरू प्रदर्शनीमा राखिएको बताए। प्रदर्शनीमा ‘धिमाल लोक जीवन अध्ययन’, ‘कार्बोनिक रसायन शास्त्र’का पुराना पुस्तकसमेत राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.