|

सल्यान: सल्यानको  कुपिण्डेदह भ्रमण गरेर फर्किँदै गरेको सुपर फास्ट यातायातको टाटा सुमो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा छ जना महिला, तीन जना पुरुष तथा छ बालबालिका रहेको प्रहरीले जनाएको छ।

भे१ज ९२७ नम्बरको जीप सल्यानको वनगाड कुपिन्डे नगरपालिका- ८ को रिठाघारीमा दुर्घटना हुँदा चालक भेरीगंगा नगरपालिका- ८ का देवराज कामी र वीरेन्द्रनगर- ८ की धनमाया नेपालीको ज्यान गएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए।

जीप सडकबाट करिब २० मिटर तल खसेको भन्दै उनले दुर्घटनाको कारण थाहा हुन नसकेको बताए।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी मेहेलकुना अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी प्रमुख आचार्यको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.