|
Photo : goal.com

काठमाडौं : साविकको विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्याम हट्सपरसँग पराजित भएको छ। घरेलु मैदानमा गएराति भएको पाहुना टोली रियललाई ३-१ ले पराजित गर्दै टोटनह्यामले नकआउट चरणमा स्थान पक्का गर्‍यो।

रियलको यो लगातार दोस्रो हार हो। केही दिनअघि ला लिगामा रियल गिरोनासँग २-१ ले पराजित भएको थियो।

रियललाई पराजित गर्ने क्रममा टोटनह्यामका डेली अलीले २ तथा क्रिस्टियन इरिक्सनले १ गोल गरे। रियलका लागि क्रिस्टियानो रोनाल्डोले सान्त्वना गोल फर्काए। जितसँगै १० अंकका साथ टोटनह्याम समूह एचको शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियलले ७ र तेस्रो स्थानको बोरुसिया डर्टमुण्डले २ अंक जोडेका छन्।

बाँकी २ खेलमा डर्टमुण्ड शतप्रतिशत ६ अंक जोडेमा पनि ८ मात्र हुन्छ। एउटा समूहबाट २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यसै समूहको अर्को खेलमा डर्टमुण्ड एपोइल निकोसियासँग १-१ को बराबरीमा रोकियो।

गएराति नै भएका अन्य खेलमा सेभियाले स्पार्टक मस्कोलाई २-१ तथा पोर्टोले लेइप्जिङलाई ३-१ ले पराजित गर्दा मोनाको र बेसिक्टासले १-१ को बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.