|

सल्यान : बन्गाड कुपिण्डे नगरपालिका ८ मा जीप दुर्घटना हुँद मृत्यु हुनेको संख्या ३ पुगेको छ। उपचारको लागि अस्पताल लैजादै गर्दा थप १ वृद्धाको मृत्यु भएपछि मृतक संख्या पुगेको हो। सुर्खेत मेलकुनाकी ६० वर्षीया दलसरी परियारको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार साँझ सुर्खेतबाट सल्यानको कुपिण्डेताल घुमेर फर्किदा भे १ ज ९२७ नम्बरको जीप दुर्घटना भएको थियो। वनगाड कुपिन्डे नगरपालिका ८ को रिठाघारीमा दुर्घटना हुँदा चालक भेरीगंगा नगरपालिका ८ देवराज कामी र वीरेन्द्रनगर ८ का धनमाया नेपालीको ज्यान गएको सुर्खेतका प्रहरी प्रमुख मोहन आचार्यले जानकारी दिए। उकालो र घुम्तीमा ओभरलोडका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

यस्तै रुकुमको चौरजहारीबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख २७६८ नम्बरको बागेश्वरी यातायातको गाडी बुधबार साँझ ९ बजेतिर कुमाखमालिका गाउँपालिका २ कोइयाल खोला नजिकै दुर्घटना भएको छ। बस सडकको भित्तामा ठोक्किदा १५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ। घाइते सबैको नेपालगञ्ज उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.