|

भक्तपुरः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भक्तपुरका दुईवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन भइरहेको छ। 

बिहीबार बिहान १० बजे सुरु भएको मनोनयन दर्तामा हालसम्म भक्तपुर क्षेत्र नं.– १ को प्रतिनिधिसभाका लागि वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवारी दर्ता गरेका छन्। 

वाम गठबन्धनबाट माओवादी केन्द्रका मिलन सुवाल र विवेकशील साझा पार्टीका दिपेश न्यौपानेले उम्म्ेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए। त्यसैगरी भक्तपुर क्षेत्र नं.– १ को प्रदेशसभा– १ ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका देवीप्रसाद (डीपी) ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्द कार्की, विवेकशील साझा पार्टीका कालीचरण कार्की, स्वतन्त्र उम्मेदवारको रूपमा रमेश बुढाथोकी र लक्ष्मण तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा– १ ‘ख’मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका रोमन शिलाकार, संघीय समाजवादी फोरम (ससफो) का कुसुम प्रधान, स्वतन्त्रबाट कृष्णगोविन्द सुवालले उम्मेदवारी मनोनय दर्ता गराएका छन्। 

त्यसैगरी भक्तपुर क्षेत्र नं.– २ को प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका महेश बस्नेत, नेपाल दलित पार्टीकी कमला बर्देवा, विवेकशील साझा पार्टीका शशिविक्रम कार्की, राष्ट्रिय जनमोर्चाका शिवहरि खनाल, नेकपा मालेका वसन्तबहादुर खत्री, स्वतन्त्रबाट सुरेन्द्र था श्रेष्ठ, कृष्णप्रसाद न्यौपाने, धर्मराज थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए।

भक्तपुर क्षेत्र नं.– २ को प्रदेशसभा ‘क’मा रमेश राई विवेकशील साझा पार्टी, बलराम थापा नेकपा माले, शशिजंग थापा वाम गठबन्धन, राजेन्द्रकुमार कार्की स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन्। 

प्रदेश– २ ‘ख’मा रामभक्त वाडे विवेकशील साझा, कृष्णबहादुर घजु ससफो, धनकुमारी परियार नेपाल दलित पार्टी, राजेन्द्रमान श्रेष्ठ एमाले र रमेश वैद्यले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.