|

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर–१ बाट पूर्व डीआइजी नवराज सिलवालले बिहीबार दिउँसो जौलाखेलस्थित स्टाफ कलेज पुगेर आफ्नो उम्मेदवारी दर्ता गराए। वाम गठबन्धनबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका सिलवाल बाजागाजासहित तामझाका साथ उम्मेदवारी दर्ता स्थलसम्म पुगेका थिए।

उनको साथमा एमाले र माओवादीका कार्यकर्ताको ठूलो समूह थियो। घिउ रङको दौरा सुरुवाल, कालो कोट र कालो टोपी लगाएका पूर्वडिआइजी सिलवाल मनोनयन दर्ता स्थल पुग्दा सुरक्षा व्यवस्था कडा बनाइएको थियो। मनोनयन दर्ता गर्न जाने क्रममा पूर्वडिआइजी सिलवालले आफू न्याय माग्न जनता माझ गएको बताए।

उनले भने,‘म अन्यायमा परेँ। सर्वोच्चले पनि न्याय दिएन। त्यसैले अब जनताको माझमा न्याय माग्न गएको छु।’ सिलवालले आफ्ना एजेण्डा हेरेर भोट हाल्न जनतालाई आग्रह गरे। उनले भने,‘तपाईहरुले अब एजेण्डा हेरेर राजनीतिको नयाँ अनुहारलाई भोट हालेर विजय गराउनुहोस्।’

आफू स्वतन्त्र निर्वाचनमा विश्वास गर्ने बताउँदै उनले भने,‘लोकतन्त्र भनेको मुलुकको अभिन्न अंग हो। लोकतन्त्रलाई मजवुत बनाउन धेरै आन्दोलनहरु भए। संविधान पनि बन्यो बअ देशलाई आर्थिक संमृद्धि तर्फ लानु पर्छ। त्यसकालागि म र वाम गठबन्धनलाई भोट हाल्न सबै मतदातालाई आग्रह गर्छु।’

सिलवाल मुलुकको विकासमा आफूले ठूलो योगदान दिने बताए। उनले आफूले जितेमा देशमा शान्ति सुरक्षालाई मजवुत बनाउने बताए। उनले भने,‘मैले सुरक्षा क्षेत्रलाई राम्ररी बुझेको छु। त्यसैले शान्ति सुरक्षाको क्षेत्रमा म ठूलो योगदान पुर्‍याउन सक्छु।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.