|

उदयपुर : प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दर्ता गर्न पुगेका माओवादी केन्द्रका नेता सुरेशकुमार राईले बिहीबार दिउँसो सुटुक्क उम्मेदवारी दर्ता गराए। वाम गठबन्धनको आधिकारिक उम्मेदवार उनीविरुद्ध पार्टीभित्रै र एमालेबाट समेत वागी उम्मेदवारी पर्ने देखेपछि उनी सुटुक्क दर्तागर्न पुगेका थिए। ‘अब दर्ता गरेपछि मात्र कुरा मिल्नेछ,’ उनले भने, ‘तामझाम गर्ने कुनै मौका नै छैन।'

बिहीबार दिउँसो एक बजेभित्र निर्वाचन कार्यालय परिसरमा माओवादी केन्द्रका प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दर्ता गर्न सुरेशकुमार राई हिमाल र रौतामाई, उदयपुरगढी र सुनकोसी गाँउपालिका प्रदेश क्षेत्रबाट भेषकुमार राउतमात्र पुगेका थिए। पुगेका दुवैले दुई जना प्रस्तावक र सर्मथक लिएर बाहिर बसेर उम्मेदवारी फारम भरिरहेका थिए।

यसरी दर्ता गर्ने उनीहरु मात्र थिएनन्। धेरैजसो एमाले र माओवादी केन्द्रका नेताहरुले गोप्य रुपमा उम्मेदवारी दर्ता गरेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ पाएकाले एमालेकी नेतृ मन्जु चौधरीले पनि कुनै शक्ति प्रर्दशन गर्न सकिनन्।

यी हुन् गठबन्धनका बागी उम्मेदवार

उम्मेदवार चयनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै पार्टीमा तिब्र विवाद भएपछि एकै निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र एमालेबाट स्वतन्त्र भन्दै बागी उम्मेदवार परेको छ। माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन्। ‘मेरो उम्मेदवारी वाम गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रका नेता सुरेशकुमार राई विरुद्ध हो,’ निर्वाचन कार्यालय परिसरमा संयोजक कटुवालले भने, ‘त्यस क्षेत्रमा रहेका माओवादी र एमालेका साथीहरुको सहयोगमा मैले स्तन्त्र उम्मेदवारी दर्ता गरेको हुँ।’

यहाँ वाम गठबन्धनबाट आधिकारिक उम्मेदवार माओवादी केन्द्रका सुरेशकुमार राई हिमाल छन्। ‘केन्द्रले टिकट वितरणमा आर्थिक चलखेल समेत गरेको बुझियो’ माओवादी केन्द्र उदयपुरका नेता पदम दाहालले भने, ‘हिमालको कारण जिल्ला पार्टीमा समस्या आएकाले माओवादीबाट धेरै बागी पर्‍यो।’

प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को दावी गर्ने एमालेका वैकल्पिक पोलिट्व्युरो सदस्य तथा पूर्व संसद जगनाथ खतिवडाले पनि उम्मेदवारी दर्ता गराएका छन्। ‘मैले वाम गठबन्धनबाट सूर्य छापमा उम्मेदवारी दिएको छु,’ नेता खतिवडाले भने, ‘यस क्षेत्रमा सुरेश राईले पाएको होइन मैले पाएको हुँ।’

माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवनकुमार कार्कीले विवादका कारण धेरै बागी परेको बताए। ‘म पनि बागी उम्मेदवार बनेको छु,’ कार्कीले भने, ‘मैले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामबहादुर थापा मगर विरुद्ध बागी हालेको हुँ।’कार्कीले माओवादी केन्द्रले पाएको त्रियुगा नगरपालिका प्रदेशमा बागी उम्मेदवारी दर्ता गरेका छन्। थापा विरुद्ध नै माओवादीका केन्द्रीय सल्लाहाकार समिति सदस्य मीनबहादुरज्यू ठकुरीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

माओवादी पोलिट्ब्युरो सदस्य मोहनबहादुर खत्री दीपकले उदयपुरमा वाम गठबन्धन तोडिएको संकेत गरेका छन्। ‘दुवै पार्टीबाट धेरै बागी परेका छन्,’उनले भने, ‘अब उम्मेदवारी दर्ता गरेपछि मात्र मिल्छ होला, एमालेले पनि माओवादीले पाएको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको छ।’

वाम गठबन्धनमा माओवादी केन्द्रले नै पाएको सुनकोसी, उदयपुरगढी, ताप्ली प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकी भेषकुमारी राउतविरुद्ध माओवादीकै पूर्व जिल्ला सचिव नारायण बुर्जा मगर र एमालेका नेता होम दाहालले उम्मेदवारी दर्ता गरेका छन्।

वाम गठबन्धनबाटै एमालेले पाएको चौदण्डी र बेलका नगरपालिका प्रदेशसभा निर्वाचन क्षेत्रमा विमल कार्कीको विरुद्ध एमालेका नेता कुशलबाबु बस्नलेतले उम्मेदवारी दर्ता गरेका छन्। वाम गठबन्धनबाट कटारी ताप्ली प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेकी नेतृ लिलाकला घलेले उम्मेदवारी दिएकी छन्।

कांग्रेसमा तामझा

स्थानीय तहको चुनावमाबलियो देखिएको बाम गठबन्धनभन्दा नेपाली कांग्रेसले तामझामका साथ उम्मेदवारी दिएको छ। सांस्कृतिक तथा विभिन्न कार्यक्रम र नाराबाजीको साथ उम्मेदवारी दर्ता गरेको हो।

मूख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा पर्ने  बेलका र चौदण्डी नगरपालिका प्रदेशबाट हालका जिल्ला पार्टी सभापति विदुर बस्नेत र त्रियुगा नगरपालिका प्रदेशबाट पूर्व सभापति हिमाल कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ पर्ने कटारी नगरपालिका र ताप्ली गाँउपालिका प्रदेशबाट कांग्रेसका क्षेत्रीय सभापति रामकुमार खत्री र सुनकोसी, ताप्ली र उदयपुरगढी गाँउपालिकाप्रदेसबाट भेषकुमार मगरले उम्मेदवारी दर्ता गरेका छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री डा. नारायण खड्का र निर्वाचन क्षेत्र २ बाट पूर्व संसद नारायणबहादुर कार्कीले उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेसका जिल्ला नेता प्रशान्त राईले चौदण्डी गढी वेलका नगरपालिका प्रदेशबाट स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन्। राईको क्षेत्रमा पार्टीबाट जिल्ला सभापति विदुर बस्नेत आधिकारिक उम्मेदवार बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.