|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर २१ गते तय भएको दोस्रो चरणको निर्वाचनका लागि ललितपुरमा मनोनयन सकिएको छ। प्रतिनिधिसभाका लागि तीन निर्वाचन क्षेत्र रहेको ललितपुरबाट ४७ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेशतर्फ ६ निर्वाचन क्षेत रहेको ललितपुरमा ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

ललितिपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल र नेपाली कांग्रेसबाट उदय शम्शेर राणाबीच प्रतिष्पर्धा हुने भएको छ। राणाले यसअघिका तीन निर्वाचनमा लगातार जितेका थिए। सिलवाल भने  नेपाल प्रहरीको डीआइजीबाट राजिनामा दिएर राजनीतिमा होमिएका हुन्।

क्षेत्र नम्बर १ मा रहेका प्रदेशसभाका २ पदका लागि २१ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत सुरेशराज खनालले जानकारी दिए। उनका अनुसार प्रदेशसभाको ‘क’ तर्फ ९ र ‘ख’ तर्फ १४ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन्।

यस्तै क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट एमालेका कृष्णलाल महर्जन, कांग्रेसका तर्फबाट चन्द्र महर्जनले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका चन्द्र महर्जन २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। उक्त क्षेत्रमा प्रतिनिधिसभा तर्फ १३ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेशसभाको ‘क’ मा १० र ‘ख’ मा १३ जनाको उम्मेदवारी परेको छ। 

यस्तै क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको उम्मेदवारमा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल र कांग्रेसबाट मदनबहादुर अमात्यले उम्मेदवारी दर्ता गराएका छन्। 

अमात्य यसअघि २०७० दास्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यक्ष तर्फ विजयी भएका थिए। ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ १३ र प्रदेशसभाको ‘क’ मा १२ र ‘ख’ मा १३ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.